पोखरा । चैत २५, प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवक्ता गोविन्द बन्दीलाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्ति गरेका छन् ।
अधिवक्ता बन्दीलाई कानून मन्त्री नियुक्त गर्न प्रधानमन्त्री देउवाले राष्ट्रपति समक्ष सिफारिश गरेका हुन्। नेकपा समाजबादी निकट अधिवक्ता बन्दी सांसद छैनन्।
सांसद नभएको व्यक्तिलाई पनि ६ महीना मन्त्री बनाउन पाउने संवैधानिक व्यवस्था रहेको प्रावधानलाई प्रयोग गरेर सो नियुक्ति गरिएको हो । यसरी नियुक्त मन्त्री ६ महीनाभित्र प्रतिनिधि सभा वा राष्ट्रिय सभाको सदस्य हुनुपर्छ तर स्थानिय निर्वाचन संगै संघिय, प्रदेश निर्वाचन आगामी मंसिरका लागी घोषणा गर्ने सरकारको तयारी देखिएको हुंदा बन्दीले बर्तमान संसद अवधीभर मन्त्री पदबाट हट्ननपर्ने देखिन्छ ।
कानून मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको दिलेन्द्र बडुलाई भने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ । मन्त्री बन्दीले बिहिबार नै राष्ट्रपति बिधा भण्डारीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेका छन ।
मन्त्रीमण्डल हरफेर : कानुनमा बन्दी, उधोगमा दिलेन्द्र
April 8, 2022
405
Advertisment




