भारतमा थप ९४९ जनामा कोभिड सङ्क्रमण

नयाँदिल्ली, वैशाख २ गते । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या शुक्रबार बढेर चार करोड ३० लाख ३९ हजारभन्दा बढी पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ९४९ थप व्यक्तिमा कोरोना सङ्क्रमण भएपछि कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ३० लाख ३९ हजार ९७२ पुगेको स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कले देखाएको छ ।

यसका साथै बिहीबार बिहानसम्म महामारीका कारण थप छ जनाको मृत्यु भएपछि कुल मृतकको सङ्ख्या पाँच लाख २१ हजार ७४३ पुगेको छ । अझै पनि यहाँ ११ हजार १९१ कोरोनाका सक्रिय सङ्क्रमित रहेका समाचारमा जनाइएको छ । पछिल्लो २४ घण्टामा १३३ सक्रिय सङ्क्रमित बढेको पाइएको छ । ७८ दिनपछि देशमा सक्रिय सङ्ख्या बढेको हिजो दोस्रो दिन भएको समाचारमा जनाइएको छ ।

हालसम्म चार करोड २५ लाख सात हजार ३८ जना सफलतापूर्वक निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । जसमध्ये पछिल्लो २४ घण्टामा ८१० जना डिस्चार्ज भएका समाचारमा जनाइएको छ ।

Advertisment