मिलन डिजीद्धारा जिफानको कार्यसमितिलाई बधाई तथा सम्मान

पोखरा, २ बैशाख
मिलन डिजी इन्टरनेशनल प्रालिले सातौं राष्ट्रिय अधिवेशनबाट निर्वाचित गुरुङ फिल्म एशोसियसन नेपाल(जिफान)को नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सम्मान गरेको छ।
नव वर्ष २०७९ आगमनमा अवसरमा शुभकामनासहित मिलन फाउण्डेशन नेपाल, मिलन वल्र्ड डट न्युज र मिलन ट्रष्ट सहआयोजक रहेको कार्यक्रमको प्रमुख अतिथि तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ र मिलन डिजी इन्टरनेशलन प्रालिकी संरक्षक सावित्री गुरुङले उद्घाटन गर्नुभएको थियो।

जिफानको नवनिर्वाचित अध्यक्ष गुञ्जबहादुर गुरुङ लगायतको कार्यसमितिलाई सम्मानपत्र, फेटा, भाङ्ग्रा,क्रमु, खादा लगायतबाट प्रमुख अतिथि तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ र मिलन डिजी इन्टरनेशलन प्रालिकी संरक्षक सावित्री गुरुङले सम्मान गर्नुभएको हो।

कार्यक्रममा प्रमुख अतिथि गुरुङले बधाई तथा शुभकामना व्यक्त गर्नुहुदै जिफानको नयाँकार्यसमितिले गुरुङ चलचित्रलाई नयाँ उचाईमा पुर्याउन सक्षम हुने विश्वास व्यक्त गर्नु भयो । उहाँले समाजसेवाका लागि हृदयदेखि नै जुट्नुभएको दुर्गा मिलन गुरुङ जस्ता असल व्यक्तित्वहरुको नेतृत्व नेपालमा आवाश्यक भएको बताउनुभयो।

सम्मानित जिफानका अध्यक्ष गुञ्जबहादुर गुरुङले मिलन डिजी इन्टरनेशनल प्रालि लगायतका संस्थाहरु र प्रवन्ध निर्देशक दुर्गा मिलन गुरुङलाई धन्यवाद व्यक्त गर्नुहुदै आफ्नो कार्यकालमा गुरुङ चलचित्र क्षेत्रलाई थप उचाईमा पुर्याउन पहल गर्ने बताउनुभयो।

मिलन डिजी इन्टरनेशलन प्रालिकी संरक्षक सावित्री गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका रुद्र श्रीस मगरले स्वागत एव कार्यक्रमको बारेमा चर्चा गर्नुभएको थियो भने नायिका, मोडल निशा गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो।

Advertisment