सिमपानी तमु समाजमा स्यो कैं तथा सम्मान

पोखरा, २ बैशाख

पोखरा १ सिमपानी स्थित सिमपानी तमु समाजले ल्होछार एवम नयाँवर्षको अवसरमा स्यो कैं, सम्मान तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।

समाजका संस्थापक अध्यक्ष क्या.धरमसिंह गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा समाजका ८४ वर्ष भन्दा माथिका जेष्ठ सदस्यहरु, समाजका सहयोगीहरु र विदेशबाट आउनुभएका समाजमा व्यक्तित्वहरुलाई सम्मानपत्र, भाङ्ग्रा, क्रमु, खादाले सम्मान गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथि गुरुङले समाजको स्थापनाको उद्धेश्य र वर्तमानको विकासक्रमलाई ध्यानमा राख्दै समाजलाई थप एकता र सिर्जनात्मक बनाउनुपर्ने बताउनुभयो।

विशेष अतिथि तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले शुभकामना व्यक्त गर्नुहुदै तमुहरुको एकता, सामुहिकताका लागि सबै सचेत हुनुपर्ने बताउनुभयो।उहाँले युवा पुस्तालाई समाजको महत्व, शिक्षा, प्रसासन, राजनीतिक नेतृत्वतर्फ अगाडि बढाउन समाज र परिवारले भुमिका खेल्नुपर्ने बताउनुभयो।

समाजका अध्यक्ष नासु गंगाबहादुर गुरुङको अध्यक्षता र सचिव माया गुरुङको संचालनमा भएको कार्यक्रममा भिमकालीपाटन तमु समाजका अध्यक्ष भक्तबहादुर गुरुङ, सुखवती बौद्ध गुम्बाका अध्यक्ष बमबहादुर गुरुङ, तान्चोक नौजेपैगीं लामा परिवारका अध्यक्ष सुमे रामधोज गुरुङ लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो।

Advertisment