पोखरा ४ मा मत माग्न व्यस्त कांग्रेसका उम्मेदवार

अजय केसी,
पोखरा, १९ बैशाख,

पोखरा महानगरपालिका वडा नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवारले घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन् ।

कांग्रेसका तर्फबाट वडाअध्यक्षका उम्मेदवार देवकृष्ण पराजुली, खुल्ला सदस्य सञ्जय कुमार श्रेष्ठ, प्रकाश कोइराला, महिला सदस्य पार्वती माकाजु र दलित महिला सदस्य विष्णुमाया परियार मतदाताको घरघरमा पुगेर मत माग्न व्यस्त छन् । कांग्रेसका उम्मेदवारले घरदैलो कार्यक्रम अन्र्तगत सोमबार बिहानै देखि गणेश मन्दिर, पन्थि गल्लि, रामकृष्णटोल, गैह्रपाटन लगायतका क्षेत्रका घरघरै पुगेर मत मागेका हुन् । चुनावी माहोल तातेको बेला कांग्रेस उम्मेदवारहरुलाई जिताउन नेता तथा कार्यकार्ता साथ दिएका थिए । मतदाताको घरदैलोमा पुगेका वडाअध्यक्षका उम्मेदवार देवकृष्ण पराजुलीले बहुमत दिएर जिताए पोखरा ४ लाई नमुना वडा बनाउने प्रतिवद्धता जनाएका छन् । टोलटोलमा पुगेर मतदाता संग भेटघाट गर्दै पुराजुलीले स्थानीयको विविध समस्या समाधानका लागि आफुँलाई जिताउन जरुरी रहेको बताए । लामो समय नेपाल विद्यार्थी संघको केन्द्रिय राजनितिमा क्रियाशिल पराजुलीले अबको राजनिति वडामा केन्द्रित रहने भन्दै युवालाई विकास कार्यको नेतृत्व दिन आग्रह गरे ।

Advertisment