प्रतिष्ठानका नाऊंमा विनियोजित रकम बिकासमा लगाऊ – कांग्रेस गण्डकी प्रदेश

पोखरा । असार २६,  नेपाली कांग्रेस गण्डकी प्रदेश कार्य समितीले एक बिज्ञप्ती जारी गरि  सरकारको आ ब २०७९/८० को बार्षिक बजेट बितरण र बिभिन्न ट्रष्टका नाऊंमा रकम बिनियोजन गरेको सन्दर्भमा पत्रपत्रिका, रेडियो, अनलाईन तथा सामाजिक सन्जालमा आएको ब्यापक असन्तुष्टी प्रति नेपाली कांग्रेस गण्डकी प्रदेशको ध्यानाकर्षण भएको जनाएको छ ।

प्रदेश सरकारले राजनितिक योद्दा तथा सामाजिक ब्यक्तित्वका नाऊंमा गरिने प्रतिष्ठानका कार्यहरु राम्रो भएतापनि नागरिकहरुले पिउने पानी, बाटो बिजुली बाढी पहिरो नियन्त्रण तथा सिंचाई जस्ता सम्बेदनशिल योजनाहरु माग भई आउंदा बजेट अभाबकै कारण योजनामा पर्न नसकेको कुरा सर्बविदित्तै छ  बिज्ञप्तिमा भनिएको छ ।

नेपाली कांग्रेस गण्डकी प्रदेश पोखराका प्रवक्ता माधब प्रसाद बास्तोला (मधु) द्दारा जारी  बिज्ञप्तिमा  भनिएको छ देशमा आर्थिक अवस्था कमजोर भईरहेको अवस्थामा  नागरिकहरुले आफुले तिरेको करबाट जो कसैका नाऊंमा सरकारी रकम खर्च गरिनु आम नागरिकहरुको चासोको बिषय बन्नु स्वभाबिक हो । यसरी विनियोजित रकममा आएको ब्यापक असन्तुष्टीलाई मध्यनजर गर्दै प्रदेश सरकारले उक्त कार्यलाई अबिलम्ब सच्याई आमनागरिकको धारणा बमोजिम उक्त विनियोजित रकमहरु बिकास बजेटमा लगाई नागरिकहरुको भावनालाई कदर गर्ने बिश्वास हामीले लिएका छौं  बिज्ञप्तिमा उल्लेख गरिएको छ । मिती – २०७९/३/२६ गते

Advertisment