नेपाल राष्ट्रिय मगर संघको केन्द्रीय सभापतिमा दिनेश थापा मगर

काठमाडौं । श्रावण १५
नेपाली कांग्रेसको भातृ संस्था लोकतन्त्रबादी मगरहरुको साझा संगठन नेपाल राष्ट्रिय मगर संघको केन्द्रीय सभापतिमा दिनेश थापा मगर सर्वसहमतिमा चयन भएका छन ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शनिबार बसेको बैठकले रिक्त रहेको मगर संघको अध्यक्षमा थापा मगरलाई चयन गरेको हो ।
यसअघि दिनेश थापा मगर कांग्रेसको विभिन्न जिम्मेवारीमा रहेका थिए । नेपाली कांग्रेसको सूचना सञ्चार तथा प्रचार विभागको निवर्तमान सचिव रहंदा महत्वपुर्ण जिम्मेवारी निर्वाह गरेका थिए ।
थापा नेपाल राष्ट्रिय मगर संघको संस्थापक सचिव, महासचिव, उपसभापति हुंदै सभापति भएका हुन । उनले सभापति चयन भए पश्चात् लोकतन्त्रमा आस्थावान मगर समुदायको कला संस्कृतिको जगेर्ना गर्न पार्टीका साथै राज्यका विभिन्न तहमा आफ्नो भुमिका केन्द्रित गराउंदै निर्धारित समयमा नै राष्ट्रिय महाधिवेशन गरिने प्रतिबद्धता व्यक्त गरेका छन ।

Advertisment