डा.आरजु स्वदेश फिर्ता

काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी धर्मपत्नी डा.आरजु राणा देउवा केहीदिनको दिल्ली बसाई पछि स्वदेश फर्किएका छन ।

स्वास्थ्य उपचारका लागि झण्डै एक महिना अघि नयाँ दिल्ली पुगेकी देउवा आईतबार अपरान्ह काठमाडौँ ओर्लिएको हो । उनको पाठेघरसम्बन्धी रोगको उपचार गरिएको बताइएको छ ।

भारतका लागि नेपालका राजदूत डा. शंकरप्रसाद शर्माले उपचारपछि आरजु स्वदेश फर्किएको सन्चारमाध्यममा जानकारी दिएका छन ।

असार २६ गते भारत पुगेका डा.आरजुको यसबीचमा उच्चस्तरीय भेटघाट पनि भएको समाचार बाहिरिएको थियो । सोहीक्रममा भारतिय जनता पार्टीको निमन्त्रणामा दिल्ली पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग पनि नेपाली दूतावास नयां दिल्लीमा भेट भएको हो । डा.आरजुलाई चिकित्सकहरुले केही समय आरामवगर्न सल्लाह दिएको समाचार स्रोतले बताएको छ । २०७९/४/१६
File photo

Advertisment