संघ र प्रदेशको निर्वाचन मिती तय, गठबन्धनमा सहमति, भोलि घोषणा हुँदै

काठमाडौं, १८ साउन । सत्ता गठबन्धनको बैठकमा आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन एकै चरणमा गर्नेबारे सहमति जुटेको छ । आज अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबनधनको बैठकमा संघ र प्रदेशको निर्वाचन मंसिर ४ गते गर्नेबारे सहमति जुटेको एक नेताले जनाए ।

बैठकमा सहभागी एक नेताकाअनुसार भोलि (बिहीबार) बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्ने भएको छ । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले पनि मंसिर ४ गते नै निर्वाचन एकै चरणमा गर्नेगरि मिति घोषणाको तयारी गरेका थिए । Repotersnepal अनलाईन बाट

Advertisment