अन्नपुर्ण गाऊंपालिकाको बैठकले लिएको १० निर्णय

पोखरा । साउन ३०, कास्कीको अन्नपूर्ण गाउँपालिका गाउँ कार्यपालिकाको वैठकले बिभिन्न १० वटा निर्णयहरु लिएको छ ।
गाउँपालिकाको हालसम्मको अवस्थाको समिक्षा गर्दै आर्थिक वर्ष २०७९/८० को लागि गाउँपालिका क्षेत्र भित्र लागू हुने निर्माण सामाग्री र कामदारको ज्याला दररेट तोकेको छ ।
सोमबार गाऊंपालिका कार्यालयमा बसेको बैठकले गाउँपालिका मातहतका निकायहरु र शाखागत मूल्याङ्कन सूचकहरु निर्माण गरि समग्र पक्षको चौमासिक मूल्याङ्कन गर्ने र आ.व. २०७९/०८० को वार्षिक वजेट तथा कार्यक्रम कार्यान्वयनका लागि आवश्यक कार्यविधी कार्यक्रम कार्यान्वयनका लागि तयार पारिएको १० वटा कार्य विधी, मापदण्ड तथा प्रक्रिया पनि वैठकले पारित गरेको हो ।
वैठकले अन्नपूर्ण गाउँपालिका भित्र स्वास्थ्य बिमा कार्यक्रम संचालन कार्यविधी, विपद व्यवस्थापन कोष कार्यविधि, सुरक्षित आप्रवासन सम्बन्धि कार्यविधि, दुग्ध उत्पादन कृषकहरुलाई उत्पादनको आधारमा प्रोत्साहन सहयोग कार्यक्रम संचालन कार्यविधि, कुखुरा पालक कृषकहरूलाई चल्ला खरिदमा पच्चीस प्रतिशत अनुदान कार्यविधि, नमुना फर्म निर्माण पचास हजार अनुदान कार्यविधि, विद्यालय व्यवस्थापन समिति गठन सम्बन्धि कार्यविधि, स्थानीय पाठ्यक्रम र पाठ्यसामग्री विकास तथा कार्यान्वयन कार्यविधि, शिक्षानियमावली – पहिलो संशोधन २०७९, बालकोष संचालन कार्यविधि २०७९ जस्ता कार्यविधी पारित गर्ने निर्णय गरेको गाउँपालिका गाउँ कार्यपालिकाका प्रवक्ता भरतमान गुरूङले जानकारी दिनुभएको छ ।

त्यसैगरि वैठकले करारमा कार्यरत कर्मचारीहरुको करार अवधि थप गरिने, घटना दर्ता र मालपोत तिरो संकलनको लागि अनलाइन ईन्ट्री शिविर संचालन, गाउँ पालिकाको लोगो निर्माण, प्रक्रिया पुगेर आएका भुमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको फार्म स्वीकृत, आर्थिक वर्ष २०७८/०७९ को निर्माण व्यवसायीहरुको गाउँपालिकाबाट जारी इजाजत पत्र अनुमोदन गरिएको छ ।
त्यसैगरि प्रधानमन्त्री रोजगार कार्यक्रमका योजनाहरु स्वीकृत, गाउँ पालिकाको दर रेट स्वीकृत, विभिन्न घट्टे खोला, धोती खोला र छलिमाया हाइवे हस्पिटल लगायत विभिन्न योजनाका प्रारम्भिक वातावरण मूल्याङ्कन स्वीकृत गर्ने जस्ता विभिन्न १७ वटा एजेन्डामा छलफल गरी निर्णय भएको समेत प्रवक्ता गुरूङले प्रष्टयाउनु भएको छ ।
बैठक गाऊंपालिका अध्यक्ष बिष्णु बहादुर केसी को अध्यक्षतामा सम्पन्न भएको थियो ।

Advertisment