काँग्रेस गण्डकीले शुक्लागण्डकी अवलोकन,तलब,भत्ता बिपन्न बर्गलाई – मेयर कृष्ण राज पण्डित

पोखरा, ६ भदौ । नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यसमितिका प्रवक्ता माधवप्रसाद बास्तोला(मधु) नेतृत्वको टोलीले आज

तनहुको शुक्लागण्डकी नगरपालिका कार्यालयको स्थलगत अवलोकन गरेको छ ।
बास्तोला सहित नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यसमितिका सदस्य एवम् प्रचार विभागका उपप्रमुख शिरोमणि बराल, सदस्य सचिव राजबहादुर गुरुङ, सदस्य पदम श्रेष्ठ लगायतको टोलीले नगरपालिकाका प्रमुख कृष्ण राज पण्डितसँग भैरहेका सेवा प्रवाह, आसन्न निर्वाचन लगायतका विषयमा छलफल गरेको हो ।

भेटघाटमा नगरपालिकाले एकद्वार प्रणालीबाट दिदै आएको सेवा प्रवाह सम्बन्धमा पनि छलफल गरिएको उपप्रमुख शिरोमणि बरालले जानकारी दिनुभयो । उक्त अवसरमा नगरप्रमुख पण्डितले सेवाग्राहीलाई एकै ठाउँबाट सेवा दिने किसिमबाट व्यवस्था मिलाइएको जानकारी दिनुभयो । पण्डितले नगरप्रमुखको जिम्मेवारीमा रहेवापत पाउने तलब, भत्ता सबै रकम विपन्न बर्ग र समुदायका लागि खर्चंदै आएको समेत जानकारी गराउनुभयो ।

Advertisment