गठबन्धनलाई योजना र कार्यक्रमसँग जोड्नुपर्छ – प्रदिप पौडेल

काँग्रेसको नेतृत्वमा भएका कामबारे जनतालाई सुसुचित गर्नुपर्छः केन्द्रीय सदस्य पौडेल
पोखरा, ११ भदौ ः नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले नेपाली काँग्रेसको नेतृत्वमा भएका काम बारे जनतालाई सुसुचित गर्नुपर्ने बताउनुभएको छ ।
नेपाली काँग्रेस गण्डकी प्रदेश समितिको कार्यालयमा आज आयोजित कार्यक्रममा काँग्रेसको नेतृत्वमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा धेरै कामहरू भएपनि ती विषयलाई जनता माझ पु¥याउन नसकिएको बताउनुभयो ।
गण्डकी प्रदेशको समग्र विकासको खाका सहित काँग्रेस गण्डकी प्रदेशले अघि सारेको अवधारणापत्र अन्य प्रदेशका लागि पनि अनुकरणीय हुने बताउनुहुंदै युवा नेता पौडेलले दलहरूबीचको गठबन्धनलाई योजना र कार्यक्रमसँग जोड्नुपर्नेमा कुरामा समेत जोड दिनुभयो ।
नेपाली काँग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले देशको समग्र विकासका लागि काँग्रेसको नेतृत्व आवश्यक भएको बताउँदै यसका लागि नेता तथा कार्यकर्ता सकृय बन्नुपर्ने बताउनुभयो ।
काँग्रेस गण्डकी प्रदेशले अवधारणापत्र सहित प्रदेशको समृद्धि र विकासका योजना अघि सारेको बताउँदै ती संकल्पलाई पूरा गर्नका लागि निर्वाचनमा विजयी बन्नुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधवप्रसाद बास्तोला(मधु), प्रचार विभाग उपप्रमुख शिरोमणि बराल, सदस्य सचिव राजबहादुर गुरुङ, मुख्य सचिव प्रकाश बराल, गण्डकी प्रदेश सदस्य सदस्य जीबन बास्तोला, क्षेत्र नम्बर १ प्रदेश ख का सभापति कृष्ण कोईराला, क्षेत्र नम्बर ३ प्रदेश ख का सभापति जिबनाथ बास्तोला, महानगर सभापति सुरेन्द्र बिजुक्छे, माछापुच्छ्रे गाउंपालिका प्रमुख मिन बहादुर गुरुङ, महानगरका वडाध्यक्षहरु, तथा बिभिन्न तहका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

Advertisment