नेताका कारण देश कमजोर भयो : भण्डारी

पोखरा १ मंसिर,

कास्की क्षेत्र नम्वर २ ‘क’ मा उमेदवार विजय बहादुर भण्डारीले नेताको कारणले देश कमजोर बन्दै गएको अवस्थालाई सुधार गर्न योग्य भएर आफु २७ वर्षको उमेरमा राजनितीमा होमिएको बताएका छन् । उनले पुराना असक्षम ,अयोग्य, अशिक्षित मानिसले देश संचालन गरेको कारण आफु राजनितीमा होमिएको बताए ।

देश सुहाउदो भौगोलिक वातावरण नै जानकारी नभएका बिकाशको योजना नभएका, धर्म, कर्म,गरी बस्ने र नाति नातिना खेलाएर बस्ने उमेरमा देश बिकाश गर्ने आट र हिमम्त नै नभएका नेता भएको भण्डारीको भनाइ छ । चुनावी घरदैलो अन्र्तगत पोखरा १५ का वडा बासीसँग मत माग्दै भण्डारीले आफुलाई मत दिनु भनेको देशलाई दिनु र जिताउनु रहेको बताए । देशलाई भ्रष्टचार मुतm बनाउने पहिलो प्रथामिकता रहेको सुनाए ।

Advertisment