बैदाम र लेकसाइडलाई पर्यटनमैत्री बनाउने रामजी र प्रकाशको प्रतिवद्धता

पोखरा, १ मंसिर,

पर्यटकीय नगरी बैदाम र लेकसाइडलाई पर्यटनमैत्री बनाउने गठबन्धनका साझा उम्मेदबारहरुले प्रतिवद्धता गरेका छन् ।

प्रतिनिधी सभाका लागि कास्की क्षेत्रनम्बर ३ गठबन्धनबाट उम्मेदवार रामजी बराल र प्रदेश सभाका लागि ३ को ख का उम्मेदवार प्रकाश बरालले पर्यटनमैत्री बनाउने बचन दिएका हुन् । चुनाब प्रचारको अन्तिम दिन पाचँ दलिय गठबन्धन युवाँ समन्वय एवं परिचालन समितिले गरेको घरदैलो तथा कोणसभामा उनिहरुले यस्तो प्रतिवद्धता जनाएका हुन । घर दैलो कार्यक्रममा स्थानियहरुले बैदाम क्षेत्र पर्यटकिय स्थल भएकाले सो क्षेत्रमा पर्यटनमैत्री कार्यक्रमहरु ल्याउन गठबन्धनका उम्मेदवारद्वयसँग माग राखेका थिए । प्रदेश सभा उम्मेदवार बरालले विभिन्न समुह, संघसंस्था लगातयसँग सहकार्य गर्दै फेवातालको संरक्षणमा आफु लागि पर्ने बताउदै, फेवाताल सगं आश्रित जनसमुदायहरुको लागि विषेश योजना रहेको सुनाए । पर्यटकीय महत्व भएको यस क्षेत्रका सडकहरुको स्तोरन्नति गर्ने नेतृत्वदायी भुमिका खेल्ने बाचा गर्दै आफूलाई मत दिन आग्रह गरे ।
प्रतिनिधि सभा सदस्यका उम्मेदवार रामजी बरालले बैदाम क्षेत्रका प्राकृतिक सम्पदा तथा वातावरणको संरक्षण गर्दै कृषि , पर्यटनको र पुर्वाधारलाई ब्यवस्थीत गरी समानान्तर विकासबाट नै सो क्षेत्रको मुहार फेर्ने बताए ।.पाचँ दलिय गठबन्धन युवा समन्वय एवं परिचालन समितिका संयोजक अनिल पहारीको सभा अध्यक्षतामा भएको कार्यक्रममा महाधिबेशन प्रतिनिधि हिरा भट्टराई,प्रदेश सदस्य तथा पर्यटन ब्यवसायी गणेश बहादुर भट्टराई, इकाई सभापति सन्तोष पौडेल र नेपाली काग्रेस, माओबादी केन्द्र र एकीकृत समाजबादी लगाएतका बक्ताहरुले आफ्ना भनाई राखेका थिए ।

Advertisment