लान्द्रुकमा हनि हन्टिङ फेस्टिबल हुदै

भुपाल गुरुङ,
पोखरा, २३ मंसिर,

पर्यटन क्षेत्रलाई पुनरूत्थान गर्ने उद्देश्यले कास्कीको लान्द्रुकमा हनि हन्टिङ फेस्टिबल २०७९ हुने भएको छ ।

अन्नपुर्ण गाँउपालिका ७ लान्द्रुकको कोटेसाङ भीरमा मह काढ्न यहि मंसिर २७ र २८ गते महोत्सव नै हुने भएको हो । मोदी खोलाको किनारस्थित कोटेसाङ भीरबाट मह निकाल्न महोत्सव नै आयोजना गर्न लागिएको शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरि महोत्सव आयोजक समितिका सचिव कमल गुरुङले जानकारी दिए । दुई दिने महोत्सवमा सांस्कृतिक कार्यक्रम सहित मह काढ्ने कार्यक्रम मुख्य अकर्षणका रुपमा रहने छ । यस वर्ष परम्परागत रुपमा गाउँका ९ जना भिरौटेको दक्ष टोलीले कोटेसाङ भीरमा चढेर मह काढ्ने उनले बताए । भीरबाट निकालिएको मह प्रतिलिटर ३ हजारमा बिक्री गर्ने पनि बताए । कोरोना प्रकोपका कारण मारको परेको पर्यटन क्षेत्रलाई चलयमान बनाउन महोत्सवले सहयोग गर्ने अपेक्षा आयोजकको छ । ग्रामिण परिवेश संगै संस्कार, संस्कृति र भीरमा मह काढेको दृश्य हेर्न पर्यटक आउने गर्दछन् । भीरमौरीको मह जेठ र मंसिर गरेर वर्षमा दुईपटक निकालिन्छ । यस वर्ष जेठमा काढिएको मह पुनः दोस्रो सिजन महोत्सव नै गरेर निकाल्न लागिएको हो ।

महोत्सव संचालन गर्न गाउँपालिकाले ५० हजार रुपैयाँ आर्थीक सहयोग समेत गरेको छ । अन्नपुर्ण सरंक्षण क्षेत्र भित्र पर्ने यो ठाँउको विकासमा केहि नगरेको स्थानीयको आरोप छ । दशकौँ देखि संरक्षण क्षेत्र भित्र प्रवेश गरे वापत विदेशी पर्यटक संग रकम असुल्दै आएपनि स्थानीय विकासमा चासो नदिएको भन्दै स्थानीयले विरोध गर्दै आएका छन् । मर्दी र अन्नपुर्ण बेसक्याम्प पदमार्गमा पर्ने लान्द्रुकमा पर्यटकका लागि सुविधा सम्पन्न होटल र होमस्टे संचालनमा छन् । पोखराको हरिचोक देखि करिव ३५ किलोमिटरको सवारी यात्रा पछि लान्द्रुक गाँउ पुग्न सकिन्छ ।

Advertisment