स्याङ्जाका गुरुङ पुरोहित संगठित, अध्यक्षमा रिमान ल्हो तमु

धनु गुरुङ
स्याङ्जा, २ पौष,

स्याङ्जामा कृयाशिल गुरुङ खेगी पच्युहरु (पुरोहित) संगठित भएका छन् ।

वालिङ नगरपालिका वडानम्बर ४ तलाथोकमा आज सम्पन्न खेगी पच्युहरुको छैटौं भेलाले रिमान ल्हो तमुको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा यमन ल्हो तमु र लोक प्रसाद च्हाक्ली तमु, सचिवमा कमल पह्च्यु तमु र कोषाध्यक्षमा नवीन ल्हो तमु रहेका छन् । भेलाले संस्थाको सल्लाहकारमा पच्यु खेगी गुरु शेष बहादुर पह्च्यु तमु, ओम प्रसाद च्हाक्ली तमु र ठौ बहादुर च्हाक्ली तमुलाई चयन गरेको छ ।

भिरकोट आठथर छथर पच्यु (खेगी) समितिका अध्यक्ष शेष बहादुर पहच्यु तमुको अध्यक्षतामा सम्पन्न भेलामा बोल्ने वक्ताहरुले गुरुङ समुदायको कर्मकाण्डमा एकरुपता ल्याउदै पच्यु खेगिहरुको क्षमता अभिवृद्धि मा जोड दिनुपर्नेमा जोड दिए ।

Advertisment