रवि लामिछाने लाई उपप्रधान तथा गृहमन्त्री अरु को को बने मन्त्री !

पौष ११, काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री पदमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनियताको सपथ लिएका छन । प्रधानमन्त्री दाहालले आठ सदस्यीय मन्त्रिमण्डल बिस्तार गरि आजै शपथ ग्रहण गरेका छन ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा उनीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन ।
बिस्तारित मन्त्रिपरिषदमा नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेल लाई उपप्रधान तथा अर्थमन्त्री, नेकपा माओबादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई उपप्रधान तथा भौतिक पुर्वाधार मन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लाई उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारी दिएका छन ।
त्यसैगरि एमाले बाट निर्वाचित दामोदार भण्डारी, राजेन्द्र राई र जनमत पार्टीका ज्वाला कुमारी साह र अब्दुल खान लाई विनाबिभागिय मन्त्रीको रुपमा नियुक्ति गरिएको छ ।

Advertisment