अन्नपूर्ण गाउँ पालिका,कास्कीको तेह्रौं गाउँ सभा सम्पन्न

पौष २८ । अन्नपूर्ण गाउँ पालिका, कास्कीको तेह्रौं गाउँ सभा गाउँ पालिकाको सभाहलमा आज सम्पन्न भएको छ ।
गाउँ पालिका अध्यक्ष विष्णु बहादुर केसीको अध्यक्षतामा सम्पन्न गाउँ सभामा गाउँ पालिका उपाध्यक्ष चन्द्रकला अधिकारीले स्वागत मन्तव्य सहित गाउँ पालिकाको चालु आर्थिक वर्षको हाल सम्मको प्रगति प्रतिवेदन र गाउँ पालिकाको विनियोजन विधेयक ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक पेस गर्नुभएको थियो , साथै विभिन्न विषयगत समितिहरु अन्तर्गत पुर्वाधार समितीका संयोजक भरत मान गुरुङ, सामाजिक समितिका संयोजक तुलसी प्रसाद अधिकारी, आर्थिक समितिका संयोजक फणीन्द्र प्रसाद पौडेल, वन वातावरण तथा विपद व्यवस्थापन समिति संयोजक हिम बहादुर गुरुङ, सार्वजनिक सेवा तथा क्षमता विकास समिति संयोजक भुपाल घर्ती, लेखा समिति संयोजक पिताम्बर भण्डारी , विधायन समिति संयोजक एकादेव देवकोटाले आ-आफ्नो विषयगत समिति सँग सम्बन्धित प्रगति प्रतिवेदन पेस गर्नुभएको थियो भने विधायन समितिका संयोजक एकादेव देवकोटा बाट गाउँ पालिकाको सहकारी ऐन २०७४ लाई संशोधन गर्न बनेको विधेयक २०७९ प्रस्तुत गर्नु भएको थियो ,
सभामा प्रस्तुत विधेयक र प्रगति प्रतिवेदनहरु उपर छलफलमा भाग लिँदै वडा नं.-४ का वडा सदस्य विजय गुरुङले जनप्रतिनिधिहरुमा प्राविधिक ज्ञान सम्बन्धि क्षमता अभिवृद्धि गर्नुपर्ने, उपभोक्ताहरुलाई योजना सम्पन्न गर्न सहज वातावरण बनाउनुपर्ने लगाएतको सुझावहरु राख्नुभएको थियो,
गाउँ सभामा प्रस्तुत विधेयक र प्रतिवेदनहरु सर्वसम्मत पारित भएको गाउँ पालिका प्रवक्ता एवं वडा नं.-७ का वडा अध्यक्ष भरत मान गुरुङले बताउनुभयो । यसैबीच अन्नपूर्ण गाउँ पालिकाको पहिचान झल्किने लोगो समेत उक्त गाउँ सभामा सार्वजनिक गरिएको थियो ,
गाउँ सभाको समापन गर्दै गाउँ पालिका अध्यक्ष विष्णु बहादुर केसीले सम्पुर्ण जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई गाउँ पालिकाको समृद्धिको लागि इमानदारपुर्वक क्रियाशिल हुन जोड दिनुहुँदै निस्वार्थ रुपमा जनताको सेवामा समर्पित रहन आग्रह गर्नुभएको थियो ।

Advertisment