गण्डकी स्पोट्स क्लबको साधारणसभा, उमेशको अध्यक्षतामा नयाँ कार्यसमिति

पोखरा, २६ माघ
गण्डकी स्पोट्स क्लबको हालै भएको साधारणसभाले उमेश सिकेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । उपाध्यक्षमा दीपकराज मुल्मी, सचिव कपिलदेव शर्मा, सहसचिव सन्तोष बानियाँ, कोषाध्यक्षमा सचिन गुरुङ र सहकोषाध्यक्षमा सुमन ताम्राकार लाई चयन गरिएको छ  ।

त्यसैगरि सदस्यहरुमा क्रमश : जयप्रकाश थापा, कृष्णबहादुर थापा, राजु कायस्थ, मिलन पुन, इनोज रञ्जित, द्रव्यजंग राणा, चेतनाथ चालिसे, अनिरुद्र उदास, दमनजंग राणा, सुरेश बजिमय, मनोजकुमार गुरुङ, गोविन्द प्रधान, गुमबहादुर थापा(इमान), सुन्दरकुमार थापा र राजकुमार गुरुङ रहनुभएको छ ।
२०५५ सालबाट खेलकुदका गतिविधिमा सकृय यो क्लबले स्वर्गीय नरकाजी गुरुङ स्मृति कप आयोजना गरेको थियो । क्लबले क्षेत्रीय स्तरमा ४ संस्करणसम्म क्रिकेट प्रतियोगिता आयोजना गरिसकेको छ । बुद्ध जयन्तीको अवसरमा क्लबले ४ पटक जिल्ला स्तरीय फुटबल प्रतियोगिता आयोजना गरिसकेको छ ।
नवनिर्वाचित अध्यक्ष सिकेले खेलकुदका गतिविधिलाई जनस्तरसम्म पु¥याउन विभिन्न गतिविधि गर्ने प्रतिवद्धता गर्नुभएको छ । वहांले विगतमा फुटबल, क्रिकेट, भलिबल प्रतियोगिताहरु आयोजना गरिसकेको जानकारी दिनुहुंदै भावी दिनमा महिला र बालबालिका केन्द्रीत प्रतियोगिता र खेलकुद गतिविधि गरिने अध्यक्ष सिकेले जानकारी दिनुभएको छ ।

Advertisment