गण्डकी प्रदेशको दुग्ध विकास बोर्डको उपाध्यक्षमा महत

फागुन २६, पोखरा । गण्डकी प्रदेशको दुग्ध विकास बोर्डको उपाध्यक्षमा नवलपुरका पूर्वसांसद एवं एमाले नेता तिलबहादुर महत नियुक्त हुनुभएको छ ।

मुख्यमन्त्री खगराज अधिकारीको प्रस्तावमा फागुन ११ गतेको मन्त्रिपरिषद् बैठकले महतलाई नियुक्त गरिएको समाचार प्राप्त भएको छ ।

दुग्ध विकास बोर्डमा उपाध्यक्षको कार्यकाल चार वर्षको हुने र सेवा सुविधा प्रदेशको सहायक मन्त्रीसरह हुने प्रावधान तय गरिएको छ ।

नवलपुर क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित हुनुभएका  महत २०७४ मा सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।

Advertisment