सहकारीको ऋण तिर्दैनौ भन्नेलाई बहिष्कार गरौ : जि.सी.​

बागलुङ, २० चैत ​।
​राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक राम बहादुर जिसीले सहकारीका सदस्यले खाइ नखाई जम्मा गरेको वचतको रकम ऋणका रुपमा लिएर तिर्दैनौ भन्नेहरुलाई सामाजिक बहिष्कार गर्न आव्हान गर्नु भएको छ । ​
​६६ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा जिल्ला सहकारी संघ बागलुङ र बागलुङ नगरपालिकाद्वारा सोमबार बागलुङ बजारमा आयोजित मुख्य समारोहमा बोल्दै जिसीले यस्तो बनाउनु भएको हो । ​​
​सहकारीबाट ऋण लगेर व्यवसाय गरेका, सहकारीकै सहयोगमा आफुलाई आर्थिक रुपमा सक्षम बनाएकाहरु समेत यतिबेला सहकारीका विरुद्ध प्रचार अभियानमा लागेका छन्, सहकारीबाट लगेको ऋण तिर्न पर्दैन भन्दै समुह बनाउदै हिडेको भन्दै जिसीले सहकारीको ऋण तिर्दैनौ भन्नेहरुलाई सामाजिक बहिष्कार गर्नु पर्ने बताउनु भएको हो । ​
​सहकारीका सदस्यहरुले आफ्नो गास कटाएर जम्मा गरेको वचत रकमबाट ऋण लगेकाहरुलाई ऋण तिर्न पर्र्दैन भन्दै हिडेका छन्, जनताको पैसा तिर्दिन भन्नेहरुको संख्या बढ्न थालेको छ, बैंकका सञ्चालक जिसीले भन्नुभयो,–‘सहकारीको ऋण तिर्दैनौ भन्नेहरुलाई सामाजिक बहिष्कार गर्नुका साथै ठाउँका ठाउँ प्रतिवाद गर्नु पर्दछ ।’​
​विश्वभर देखिएको वित्तीय समस्याको छिटा नेपालको सहकारीमा पनि परेको छ, सहकारीको समस्या सहकारी अभियानका कारणबाट नआएको चर्चा गर्दै उहाँले समस्या आएको छ, यसलाई समाधान गर्न सक्ने क्षमता पनि सहकारी अभियानसंग भएको बताउनुभयो । ​

Advertisment