भुमि मन्त्री रन्जिता श्रेष्ठको पोखरा घटनामा कडा निर्देशन, तत्काल रिपोर्ट बुझाउनु !

वैशाख ३, काठमाण्डौँ । भूमि व्यवस्था, सहकारि तथा गरिबि निवारण मन्त्री भूमि श्रेष्ठले मालपोत कार्यालय कास्कीको कर्मचारीहरुले आर्थिक चलखेल गरि सेटिङमा काम गर्ने गरेको कुरा तत्काल छानविन गर्न निर्देशन दिनुभएको छ ।

आईतबार मन्त्री श्रेष्ठले भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पद्म निधि सोतीलाई ठाडो निर्देशन दिंदै सो कुरा उल्लेख गर्नुभएको हो  ।

केही दिन अघि मात्रै मालपोत कार्यालय कास्कीका कर्मचारीहरुले आर्थिक चलखेल गरि सेटिङमा काम गर्ने गरेको एक टेलिभिजन कार्यक्रमबाट सार्वजनिक भएको थियो ।

सोही घटनाको बिषयमा थप सत्यतथ्य छानविन गरि विभागिय कारवाही गर्न मन्त्री श्रेष्ठले निर्देशन दिनुभएको मन्त्री श्रेष्ठको सचिवालयले जानकारी दिएको छ ।

‘मैले नेतृत्व गरेको मन्त्रालय अन्तरगत हुने कुनै पनि अनियमितता, भ्रष्ट्रचार र गलत कामलाई म नजरअन्दाज गर्न सक्दिँन । जसरी मालपोत कार्यालय कास्कीको भिडियो मिडिया र सामाजिक सन्जालमा भाइरल भईरहेको छ त्यस बिषयमा तत्काल छानविन गरि रिपोर्ट बुझाउनु होला’, मन्त्री श्रेष्ठले महानिर्देशकलाई टेलिफोनमा भन्नुभएको छ स्रोतले युनाईटेड खबर डट कमलाई जानकारी दिएको छ । ।

मन्त्री श्रेष्ठले कास्की मात्रै हैन् अन्य जिल्लाको मालपोत तथा नापी कार्यालयहरुको अबस्था र समस्याका बिषयमा अध्ययन गरि रिपोर्ट पेश गर्न समेत निर्देशन दिनुभएको छ । मालपोत र नापी कार्यालयहरुमा सेटिङमा हुने अनियमितताको जालो आफ्नो नेतृत्वमा न्युनीकरण गर्न कटिबद्द भएर लाग्ने समेत मन्त्री रन्जिता श्रेष्ठले दृढता ब्यक्त गर्नुभएको छ ।  ।

Advertisment