सोंथर बेँसीमा सम्पन्न 4A साइड फूटबल प्रतियोगिताको उपाधि मादी -१० भाचोक लाई: दोस्रो विजेतामा आर पि गाइज पोखरा -२७

सोंथर बेँसीमा सम्पन्न 4A साइड फूटबल प्रतियोगिताको उपाधि मादी -१० भाचोक लाई

बैशाख १०, पोखरा ।

कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ र १० को सिमानामा पर्ने सोंथर बेँसीमा सम्पन्न खुल्ला 4A साइड फूटबल प्रतियोगिताको उपाधि मादी -१० भाचोकस्थित लम्तरी युवा क्लबले बिजय हात पारेको छ ।

फाइनलमा पोखरा महानगरपालिका वडा नम्बर २७ का आर पि गाइज लाई ट्राइ ब्रेकरमा २ का विरुद ४ गोलले पराजित गर्दै लम्तरी युवा क्लबले उपाधि चुमेको हो । जित संगै लम्तरीले नगद २५ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने दोस्रो विजेता बनेका आर पि गाइजले नगद १५ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको खेल संयोजक किसान बिकले जानकारी दिएका छन् ।

पाखुरीकोट युवा क्लब र लम्तरी युवा क्लब भाचोकको टीम वि भने सेमिफाइनलमा पुगेर पराजित हुन पुगेको सहसंयोजक विशाल घलेले जानकारी दिए ।

सोंथर बेँसी विकास समितिका अध्यक्ष एवम् मादी ८ का जनप्रतिनिधि ओम प्रकाश गुरुङ, उपाध्यक्ष आस बहादुर गुरुङ ,सचिव डील्लीराज गिरी, भगवती टार अस्थायी प्रहरी चौकीका असाइ गुणखर भन्डारी, सोंथर बेँसी विकास समितिका सल्लाहकार होमबहादुर गुरुङ, राज घले, इमनाथ अधिकारी लगायतले पुरस्कार वितरण गरेका थिए ।

मादी -८ मा पर्ने नागीधार ,पाखुरीकोट गाउँ र मादी -१० मा पर्ने भाचोक गाउँको संगम बेँसीको रुपमा रहेको सो बेँसीमा सम्पन्न प्रतियोगितामा कास्की ,लमजुङ र पोखराको गरी २१ टीम सहभागी थियो ।

सोंथर बेँसी फार्महाउस एन्ड होमस्टेको आयोजनामा सो प्रतियोगिता भएको थियो ।

प्रतियोगिताको प्रत्येक खेलमा म्यान अफ दी म्याच घोषित खेलाडी लाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

प्रतियोगिताको अवसर पारेर बैशाख ९ गते सोंथर बेँसी फार्महाउस एन्ड होमस्टे र सोंथर बेँसी विकास समितिको संयुक्त आयोजना तथा मादी ८ र १० को समन्वयमा पोखरा हस्पिटल प्रालि अमरसिङले निशुल्क स्वास्थ्य शिबिर समेत सन्चालन गरेको थियो ।

शिबिरमा आँखा, दाँत , हाड जोर्नी नसा, पेट फिस्टुला, मुटु, महिला तथा बालबालिकाको समस्य, मानसिक समस्य लगायतको चेकजाँच गरिएको थियो । साथै चेकजाँच गर्ने लाई हस्पिटल को कार्ड समेत दिएको र उक्त कार्डको आधारमा १ वर्ससम्म हस्पिटलमा चेकजाँच गर्दा विशेष छुट दिइने हस्पिटलले जनाएको छ । शिबिरमा मादी ८, ९ र १० नम्बर वडाका गरी २०९ जनाले स्वास्थ्य जाँच गरेका थिए ।

सोंथर बेँसीको प्रवर्धन साथै सोंथर बेँसीमा सन्चालित सोंथर बेँसी फार्महाउस एन्ड होमस्टेको प्रचारप्रसार तथा प्रवर्धनका लागि प्रतियोगिता आयोजना गरिएको थियो ।

सोंथर बेँसी कृषि र पर्यटनको सम्भावना बोकेको ठाउँ हो । पछिल्लो समय सोंथर बेँसीमा कृषि र पर्यटन सम्बन्धि विभिन्न कार्यक्रमहरु हुँदै आएको छ ।

बेँसी नजिकै चिसो र सफा वार्दी खोला बगेको र सो खोलाको पानी सबै समयमा सोंथर बेँसीको शिरान देखि पुछार सम्म सबै भागमा सजिलै ल्याउन सकिने हुँदा कृषिको निकै सम्भावना रहेको छ । सोंथर बेँसी क्षेत्र लाई विशेष गरी माछाको पकेटको रुपमा विकास गर्नुपर्ने अध्यक्ष ओम प्रकाश गुरुङले बताएका छन् । हाल सो बेँसीमा सोंथर बेँसी एकिकृत कृषि फर्म प्रालि, स्थानीय इमनाथ अधिकारी र देवीप्रसाद अधिकारी लगायत को गरी १० वटा माछा पोखरी रहेको छ । चिसो र सफा पानीमा उत्पादन भएकोले माछा स्वादिस्ट रहेको गुरुङको भनाइ छ ।

लम्तरी डाँडा र सबुपोखरी डाँडा जस्ता आकर्षक र एतिहासिक महत्व बोकेको डाँडाको फेदमा वार्दी खोला संगै लामो क्षेत्रफलमा फैलिएको छ सोंथर बेँसी ।

सबुपोखरी डाँडामा रहेको ताल हो । उक्त पोखरी तालको पानी जस्तो सुकै खडेरी लाग्दा समेत नसुक्ने र जस्तो सुकै ठुलो पानी पर्दा समेत बगेर नजाने विशेषता रहेको पाइन्छ । सो ताल वरिपरी डाँडामा पुस माघ तिर पानी पर्दा हिउँ पर्छ भने चैत बैशाखतिर विभिन्न थरीका लालीगुराँसहरु फुल्ने गर्छन् । त्यस्तै लम्तरी डाँडामा समेत विभिन्न थरीका लालीगुराँस फुल्ने गर्छन् भने सो डाँडामा पहिले बाइसे चौबिसे राजाहरुको पालामा दरबार बसेको किम्ब दन्ती रहेको पाइन्छ । त्यहाँ हाल ब्यवस्थित लम्तरी माईको मन्दिर समेत निर्माण गरिएको छ भने त्यहाँ पुगेका पर्यटकका लागी धर्मशाला ठाँटी र खानेपानी तथा बिजुलीको समेत ब्यवस्था रहेको छ । त्यस्तै सोंथर बेँसी नजिकै मिजुरेको आकर्षक भालेचुचुरा डाँडा समेत रहेको हुँदा निकट भविष्यमा सोंथर बेँसी , लम्तरी, सबुपोखरी , भालेचुचुरा, मिजुरेडाँडा, क्रपुडाँडा लगायत लाई समेटेर इको टुरिजम पुर्वाधारको रुपमा ब्यवस्थित ट्रेकिङ रुट समेत विस्तार गरी सो क्षेत्रमा पर्यटन प्रवर्धन गर्न सकिने गुरुङ्ले बताएका छन् ।

पोखरा बाट ३० किलोमिटरको दुरीमा पर्ने सोंथर बेँसी विभिन्न ठाउँहरु बाट सजिलै पुग्न सकिन्छ । पोखरा -२६ बिजयपुर बाट कालिका सौरे भगवतीटार हुँदै थुम्सीकोट २० किलोमिटरमा पुगिन्छ । पोखरा -१३ भद्रकाली चोक बाट काहुँखोला कसेरी चितेपानी भैंसे तारकाङ बेँसी बाट भगवतीटार हुँदै थुम्सीकोट १८ किलोमिटरमा पुगिन्छ । त्यस्तै पोखरा -३१ बेगनास बाट स्याङखुदी सौरे भगवतीटार हुँदै थुम्सीकोट १६ किलोमिटरमा पुगिन्छ । त्यस्तै लमजुङको भोर्लेटार करापुटार बाट कल्याङबेँसी हुँदै मुग्रीबेँसी भएर पनि थुम्सीकोट पुगिन्छ । थुम्सीकोट बाट मकैखोला कयारे ढोडेनी भाचोक लुम्दी गाउँ हुँदै १० किलोमिटरमा सोंथर बेँसी सजिलै पुगिन्छ । हाल पोखरा बाट सोमबार र शुक्रवार गरी हप्ताको २ दिन सोंथर बेँसी बस समेत सन्चालन भएको सोंथर बेँसी विकास समितिका सचिव डिल्लीराज गिरीले बताए ।

सोंथर बेँसीमा हाल फार्महाउस तथा होमस्टेहरु समेत सन्चालनमा रहेको छ । ठुलो टारी फाँटमा फैलिएको सोंथर बेँसी नजिकै लेक बाट बगेर आएको वार्दी खोला र पशुचौपायका गोठहरु समेत रहेकोले सोंथर बेँसीमा पुगेका जोकोहि आनन्दित हुने सोंथर बेँसी विकास समितिका सल्लाहकार इमनाथ अधिकारीले बताए ।

सोंथर बेँसीमा बग्ने वार्दी खोलामा दुवाली थुनेर असला माछा मार्दै पौडी खेल्दै आनन्द लिन सकिने छ । बेँसीको अन्नबाली समेत राम्रै फल्ने हुँदा कृषिको प्रचुर सम्भावना रहेकोले आफुहरु कृषिमा सक्रिय पुर्वक लागेको सोंथर बेँसी कृषक समुहका अध्यक्ष इन्द्र गिरीले बताए । समुहले कृषि ज्ञान केन्द्र कास्कीको विउ अनुदान सहयोगमा यस वर्स मात्रै ३ हजार केजी आलु विउ लगाई आलु उत्पादन गरी बिक्री समेत गरेको गिरीले बताए ।

Advertisment