सुन र चाँदीको मूल्य घटयो्

बैशाख ११, पोखरा ।

सोमबार सुन र चाँदीको मूल्य घटेको छ । सुन २०० रुपैयाँ र चाँदीको मूल्य २० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जस अनुसार छापावाला सुन प्रतितोला एक लाख ९ हजार एक सय रुपैयाँ र तेजाबी सुन एक लाख ८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको समाचार छ ।

आईतबार छापावाला सुन प्रतितोला एक लाख ९ हजार ३०० रुपैयाँ र तेजाबी सुन एक लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि २० रुपैयाँले घटेको छ । एक हजार ४२० रुपैयाँमा कारोबार भएको छ । आइतबार एक हजार ४४० रुपैयाँमा कारोबार भएको थियो ।

 

Advertisment