एसियाली खेलकुद (एसियाड) का लागि बक्सिङको प्रारम्भिक छनोट सुरु

काठमाडौं, वैशाख १८ गते । चीनको हाङझावमा हुने १९औं एसियाली खेलकुद (एसियाड)का लागि बक्सिङको प्रारम्भिक छनोट प्रतियोगिता सोमबारदेखि सुरु भएको छ ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिषरमा सुरु भएको प्रतियोगिताको पुरुष ५१ केजी तौलसमूहको क्वाटरफाईनलमा नेपाल प्रहरीका चन्द्रबहादुर थापाले ४–३ अङ्कको आधारमा एचटुओका लालप्रसाद उप्रेतीमाथि जित हासिल गर्नुभयो ।

सोही तौलसमूहमा पाँचथरका फुङ्लाङ काम्बाङलाई आरएससीका आधारमा र रुकुमका जीवन पुन मगरलाई ५–० अङ्क आधारमा क्रमश: एपीएफका प्रदीप महर्जन र बक्समाण्डुका लक्ष्मण राईले जित निकाल्नुभयो । यस्तै आर्मीका सुशील थापाले ५–० अङ्कको आधारमा ललितपुरका खेलाडी चिरिन्जिवि खड्का माथि जित निकाल्नुभयो ।

पुरुष ५७ केजीमा बाँकेका खेलाडी ईन्द्र सुनारले केओका आधारमा एपीएफका पुरन राई माथि जित निकाल्नुभयो । नुवाकोटका निराजन मोक्तानमाथि आर्मीका खेलाडी पुरन सुनुवारले जित हासिल गर्नुभयो । 

पुरुष ६३.५ केजीमा प्रहरीका निकेश देशारमाथि आरएससीको आधारमा मकवानपुरका खेलाडी सोहन राईले जित निकाल्नुभयो । सोहि स्पर्धामा ललितपुरका सागर दर्जीमाथि ५–० अङ्कको आधारमा जिनेक्श बक्सिङ क्लबका मौसम रानामगर विजयी हुनुभयो । रामेछापका नेत्र तिरुवामाथि आरएससीको आधारमा एपीएफका सोनाम सार्की विजयी हुनुभयो । 

पुरुष ७१ केजीमा लुम्बिनीका विकास रानाले ४–३ अङ्कको आधारमा नक्शाल बक्सिङ क्लबका अस्विन धिरण श्रेष्ठमाथि जित निकाल्नुभयो । बक्समाण्डुका दावा छिरिङ लामा माथि ४–१ अङ्कको आधारमा आर्मीका खेलाडी दिपेश लामामाथि जित निकाल्नुभयो । 

स्वीट साईन्स बक्सिङ क्लबका निराजन नेपाली माथि ५–० अङ्कको आधारमा एपीएफका बिक्रम चौधरीले जित निकाल्नुभयो । महिला ५० केजीमा आर्मीकी आरती बम्जनलाई ५–० अङ्कको आधारमा लुम्बिनीकी माया केसीले जित हात पार्नुभयो ।

जेनेक्शकी तेजीमाया गुरुङलाई ५–० अङ्कको आधारमा स्वीट साईन्सकी रमिसा श्रेष्ठले जित निकाल्नुभयो । प्रहरीकी रिता धरलालाई ४–३ अङ्कको आधारमा एचटुओकी अस्मिता दुवालले जित निकाल्नुभयो ।

Advertisment