उल्लेरीमा भुमिमिहिन सुकुम्बासी हरुलाई निस्सा वितरण

बैशाख १९, पोखरा ।

अन्नपूर्ण -९, उल्लेरीमा राष्ट्रिय भुमि आयोग, अन्नपूर्ण गाउँपालिका, इकाईको आयोजनामा अव्यवस्थित बसोबासी, भुमिहिन दलित र भुमिहिन सुकुम्बासी हरुलाई निस्सा वितरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि गाउँ पालिका अध्यक्ष विष्णु बहादुर केसी, विशिष्ट अतिथि उपाध्यक्ष चन्द्रकला अधिकारी, गाउँपालिका प्रवक्ता एवं अन्नपूर्ण -७ वडा अध्यक्ष भरत मान गुरुङ , वडा नं.-२ सदस्य भानुभक्त दाहाल, वडा नं.-९ सदस्य लक्ष्मी बिक, खिम कुमारी पुन , राष्ट्रिय भुमी आयोग फोकल पर्सन एवं गाउँपालिकाका सर्वेक्षक प्रभात पौडेल, गाउँ शिक्षा समिति सदस्य एवं पुर्व जनप्रतिनिधि कमला केसी, वडा सचिव किरण पौडेल, उल्लेरी टोल सुधार समिति अध्यक्ष, आमा समुह अध्यक्ष , विद्यालय व्यवस्थापन समिति अध्यक्ष, युवा क्लब अध्यक्ष लगायत स्थानीय बासीहरुको सहभागीता रहेको थियो ।

अन्नपूर्ण -९ का वडा अध्यक्ष रमेश गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन कार्यपालिका सदस्य पुष्प पुन र स्वागत मन्तव्य वडा सदस्य खिम कुमारी पुनले गर्नुभएको थियो।
कार्यक्रममा ५५ जनालाई निस्सा वितरण गरिएको  पालिका प्रवक्ता भरतमान गुरुङले जानकारी दिनुभएको छ ।

Advertisment