गण्डकी प्रदेशको मन्त्रिमण्डल बिस्तार, क-कसको भागमा कुन, कुन मन्त्रालय !

पोखरा २९,

पोखरा । गण्डकी प्रदेशको मन्त्रिमण्डल शुक्रबार बिस्तार भएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले थप ४ मन्त्रीहरुको नियुक्त गरि कार्यविभाजन समेत गर्नुभएको छ । बिस्तारित मन्त्रीमा कांग्रेसबाट ३ र माओवादीबाट १ मन्त्री परेको छ ।

कांग्रेसबाट नवलपुरका पुराना नेता महेन्द्रध्वज जिसी, बाग्लुका दीपेन्द्रबहादुर थापा र तनहुँ कांग्रेसका सभापति समेत रहनुभएका जितप्रसाद आले मन्त्री नियुक्त हुनुभएको छ । माओवादीबाच भने रेशमबहादुर जुग्जाली मन्त्री बन्नुभएको छ । नवनियुक्त मन्त्रीहरुले आजै पद तथा गोपनीयताको सपथ ग्रहण गरिसकेको छ ।

मन्त्रिमण्डलमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित ७ मन्त्रालयमा तपसिल मन्त्रीहरु रहनेभएको छ ।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्री – सुशीला सिंखडा

ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री – सरस्वती अर्याल तिवारी

कृषि तथा भूमि व्यवस्थामा – महेन्द्रध्वज जिसी

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामा –  रेशमबहादुर जुग्जाली ले जिम्मेवार सम्हाल्नुहुने भएको छ ।

यस्तै, आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी जितप्रसाद आले र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दीपेन्द्रबहादुर थापाले सम्हाल्नुहुने भएको छ ।

३ पल्ट मन्त्री बनिसकेको दीपक मनाङे फेरि मन्त्री बन्ने चर्चा भए पनि आजको सपथमा वहांको नाम भने आएन ।

Advertisment