कास्की जिल्ला बक्सिङ संघको कार्य समिती सर्वसम्मत चयन

जेठ २१, पोखरा ।
कास्की जिल्ला बक्सिङ सघंको पांचौं अधिबेशनले सुमन श्रेष्ठको अध्यक्षतामा नयां कार्य समिती सर्वसम्मत चयन गरेको छ ।
पोखराको लेकसाईड स्थित त्रिपुरा लाउन्ज वारमा सम्पन्न अधिवेशनले पुन श्रेष्ठ लाई सर्वसम्मत् चयन गरेको हो । अधिवेशनले समितीको प्रथम उपाध्यक्ष राज बहादुर कोइराला, द्धितिय उपाध्यक्षमा सन्तोष कार्की , सचिवमा शिशिर थापा मगर, सहसचिवमा भक्त तामाङ र कोषध्यक्षमा संजोग पराजुली चयन गरेको छ । यस्तै सदस्यहरुमा सुर्य थापा, अर्जुन गुरुङ, दिनेश बानिया, प्रदिप गुरुङ, बिश्व गुरुङ र महिला सदस्यमा प्रियङका गुरुङ्गलाई सर्वसम्मत् चयन भएका छन् ।
अधिवेशनको प्रमुख अतिथि नेपाल राष्ट्रिय खेलकुद परिषद वोर्ड सदस्य एवं पुर्व बक्सिङ खेलाडी राजेश गुरुङले खेलकुद क्षेत्रमा सरकारले पर्याप्त बजेट नछुट्टाएको भन्दै गुनासो गर्नुभएको थियो ।

अधिवेशनमा नेपाल बक्सिङ संघका केन्द्रिय सदस्य मान बहादुर भण्डारीले सर्वसम्मत् नयाँ नेतृत्वले बक्सिङ खेलको लागि राम्रो गर्नेमा बिस्वस्त रहेको बताउनु भएको थियो ।
कार्यक्रममा खेलकुद पत्रकार मञ्चबाट लाइफटाइम एचिभमेन्ट २०७९ प्राप्त गरेको पुर्व अन्तराष्ट्रीय खेलाडी गणेश भटराई र २०८० बाट सम्मानित पश्मिाञ्चल खेलकुद बिकास समितिका प्रशिक्षक निर्देशक बिध्या मर्सानीलाइ सम्मान गरिएको थियो ।

कार्यक्रममा सन् १९६४ का ओलम्पीयन राम प्रसाद गुरुङ, १९८४ का ओलम्पीयनहरु उमेश मास्के, प्रबिन तुलाधर, मान बहादुर श्रेष्ठ, बिष्णु सिहं, राम बहादुर गिरी र डम्बर दत्त भट्ट लयागत बक्सिङ खेलाडीहरुको उपस्थिती रहेको थियो ।

Advertisment