अमेरिकी सहायक विदेशमन्त्री लु काठमाण्डौमा, भेटघाट जारी

काठमाडौं, असार २९ गते। संयुक्त राज्य अमेरिकाको दक्षिण तथा मध्यएसिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु एकदिने नेपाल भ्रमणका क्रममा शुक्रबार काठमाडौं आइपुग्नुभएको छ ।

विदेशमन्त्री डोनाल्ड लु बालुवाटार पुगेर प्रधानमन्त्री एवम् नेकपा ९माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालको तस्बिरमा बालुवाटार पुगेर लुले श्रद्धाञ्जलि अर्पण गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ। उहाँले शोक पुस्तिकामा हस्ताक्षरसमेत गर्नुभएको छ।
एकदिने नेपाल भ्रमणका क्रममा शुक्रबार काठमाडौं आइपुग्नुभएका लुले यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गरिसक्नुभएको छ। उहाँले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्ने कार्यक्रम छ।  विदेशमन्त्री डोनाल्ड लुले गतवर्ष पनि नेपालको भ्रमण गर्नुभएको थियो।

Advertisment