जुनियर सिटिजन्सका नवआगन्तुक लाई स्वागत, मेधावी विद्यार्थीलाई सम्मान

श्रीभद्र पौडेल
पोखरा १, भदौं ।पोखरा–२६, बुढीबजार स्थित जुनियर सिटिजन्स एकेडेमी(जेसिए) मा नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई शुक्रवार स्वागत गरिएको छ ।
एकेडेमीमा अध्ययनरत कक्षा १२ का विद्यार्थीले कक्षा ११ का विद्यार्थीलाई एक कार्यक्रमका बीच स्वागत गरेका हुन् ।
कार्यक्रममा भनाई राख्दै स्वास्थ्यकर्मी डा. गीतु गैह्रेले मानिस असल बन्नुपर्नेमा जोड दिर्दै असल बन्ने प्रेरणा घरपरिवार तथा विद्यालयले प्रदान गर्ने औँल्याइन् ।उनले इमान्दारपूर्वक काम गर्नसके हरेक क्षेत्रमा सफलता प्राप्त गर्न सकिने विश्वास व्यक्त गर्दै पोखराको शैक्षिक क्षेत्रमा जेसिएको भूमिका महत्वपूर्ण रहेको स्मरण गरिन् ।हरेक क्षेत्रमा आत्मविश्वास, अनुशासन र मेहनत चाहिने भन्दै डा. गैह्रेले विद्यार्थीलाई सफलताको सपना देख्न सुझाव समेत दिइन् ।
प्रधानाध्यापक सुन्दरप्रसाद ढकालले कार्यक्रम गरेकोमा कक्षा १२ का विद्यार्थीप्रति आभार प्रकट गर्दै आमा, बुवा तथा शिक्षकले दिएको शिक्षालाई मार्गदर्शनका रुपमा लिन विद्यार्थी समच्छे« आग्रह गरे।
निर्देशक मुकुन्द वस्तीले अनुशासन नै विद्यार्थीको गहना भएको उल्लेख गर्दै जीवनमा शिक्षाको महत्व उल्लेखनीय रहेको चर्चा गरे।
एकेडेमीक डिन सुन्दरप्रसाद मानन्धरले विद्यार्थीलाई शिक्षाका अलवा असल संकार दिन विद्यालय प्रयासरत रहेको स्पष्ट पार्दै त्यसमा विद्यार्थी, अभिभावक, विद्यालय प्रशासन, शिक्षक सबैको समान भूमिका रहने धारणा राखे।
कार्यक्रमका बीच विभिन्न विषयबाट कक्षा १२ उत्तीर्ण गरी जेसिए टपर हुन सफल सृष्टि अधिकारी, सुस्मिता ओझा, सदीक्षा ठकुरी, करुण विक, प्रिया केसी, सविना पौडेल लगायतलाई नगद सहित सम्मान गरियो।
सम्मानित सदीक्षा ठकुरी तथा सुस्मिता ओझाले विद्यालयले आफूहरुलाई सम्झेर सम्मान गरेकोमा खुशी व्यक्त गर्दै जेसिएसँगको सम्बन्धले भविष्य उज्ववल बन्दै गएको अनुभव सुनाए ।
त्यस अवसरमा विद्यार्थीहरु सुदिप क्षत्री, अदित्य अधिकारी, इच्छा पाण्डे, सृष्टि पाण्डे, स्वरुप पौडेल, अनुप सुवेदी, सार्थक सुवेदी, अपेक्षा लामा लगायतले पनि भनाई राखे ।
कार्यक्रमका बीच कक्षा ११ र १२ का विद्यार्थीले व्यक्तिगत एवम् सामुहिक रुपमा विभिन्न प्रस्तुति प्रस्तुत गरे।

Advertisment