सभापति देउवाद्दारा पार्टीको बिभागहरु गठन प्रारम्भ

भाद्र १५, काठमाण्डौ । नेपाली कांग्रेसका सभापति एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गत श्रावणमा सम्पन्न बैठकको निर्णय कार्यन्वयन गरिएको जानकारी प्राप्त भएको छ ।  नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम सभापति देउवाले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका देहायका सदस्यहरुलाई तपसील बमोजिमका केन्द्रीय विभागहरुको प्रमुखमा मनोनयन गर्नु भएको हो । जसअनुसार

१ कृष्णचन्द्र नेपाली पोखरेल – प्रदेश समन्वय विभाग
२ पुष्पा भुसाल – महिला विभाग
३ चिनकाजी श्रेष्ठ – उद्योग तथा व्यापार विभाग
४ किरण यादव तराई—मधेश समन्वय विभाग
५ योगेन्द्र चौधरी थारु विभाग
६ गेहेन्द्र गिरी जेष्ठ नागरिक समन्वय विभाग
७ आङ्गेलु शेर्पा पर्यटन विभाग
८ डा. रणबहादुर रावल गैर सरकारी संस्था समन्वय विभाग
९ दिलमान पाख्रिन आदिवासी जनजाति विभाग
१० प्रकाश रसाईली स्नेही वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभाग
११ रंगमती शाही पिछडिएको क्षेत्र विभाग
१२ गुरु बराल आपूर्ति तथा उपभोक्ता विभाग
१३ नानु बास्तोला जिल्ला सम्पर्क समिति समन्वय विभाग
१४ मदनकृष्ण श्रेष्ठ अपाङ्गता भएका व्यक्ति र समुदाय समन्वय विभाग
१५ सीता थपलिया (उर्मिला) उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागमा चयन गरिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेललाई जानकारी दिएका छन ।

Advertisment