भ्रष्टाचारका फाइल खोलेर फायर गर्छौं – मन्त्री गुरुङ

पोखरा, २४ भदौ । संघीय सरकारका कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बिपीले कोरेको सुशासनको बाटोलाई अगाल्दै नेपाली काँग्रेस अगाडि वढ्न जरुरी भएको बताउनुभएको छ ।
११०औं बिपी जयन्तीको अवसरमा बिपी स्मृति पुस्तकालय गण्डकी प्रदेशद्धारा आइतबार (आज) पोखरामा आयोजित सम्मान कार्यक्रममा बोल्दै मन्त्री गुरुङले उक्त कुरामा जोड दिनुभएको हो । वर्तमान सरकारले भ्रष्टाचारका फाइलहरु खोल्दै जाने क्रममा सरकारलाई विभिन्न क्षेत्रबाट घेराबन्दी गरिएको बताउँदै उहाँले मन्त्री पद जाहोस् तर भ्रष्टाचारीलाई कानूनी दायरामा उभ्याएरै छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
वर्तमान सरकारले यो वा त्यो नभनी भ्रष्टाचार र अपराधिक कार्यमा लाग्नेलाई पक्राउ गरी बयान लिने काम गरिरहेको भनाइ उहाँको छ । मुख्य राजनीतिक पार्टीले भ्रष्टाचारका ठूला फाइलहरु किन खोल्दैनन् भन्ने कुरा बल्ल मन्त्री भएपछि थाहा पाए, उहाँले भन्नुभयो– फाइल नखोल्न चौतर्फी दवाव र रकमका ठूला–ठूला चलखेल हुँदा रहेछन् ।
‘बिपी जसरी सुशासनका लागि प्रतिवद्ध हुनु हुन्थ्र्यो त्यसरी नै अब काँग्रेस पनि प्रतिवद्ध हुनुपर्छ, मन्त्री गुरुङले भन्नुभयो–निष्ठाको राजनीतिलाक्ष्ई मात्र जनताले विश्वास गर्ने हुँदा काँग्रेसको बाटो त्यही नै हुनुपर्छ ।
‘अब कुरा गर्ने बेला छैन, जनताको काम गर्ने बेला हो, सरकारमा भएका बेला काँग्रेसले खुरुखुरु जनताका काम गरेर अगाडि वढ्नुको बिकल्प छैन, उहाँले भन्नुभयो–समृद्ध नेपाल र सुखी नेपाली बनाउनका लागि मन्त्रिपरिषद्मा छलफल भइरहेको छ ।’ काँग्रेस एक जुट भएर अगाडि वढेमात्र आउँदो निर्वाचनमा सफलता प्राप्त गर्न सक्ने बताउँदै प्रत्येक नेता तथा कार्यकर्ताले एक अर्काको अस्थित्व स्वीकार गर्दै अगाडि वढ्न पनि सुझाव दिनुभयो ।
नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले राणा विरुद्ध आन्दोलन गरी राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई प्रमाणित गरेर देखाउने बिपीको बाटो अगाल्न सकिएन भने काँग्रेस पछि पर्ने बताउनुभयो । ‘काँग्रेसको बिकल्प काँग्रेस नै हो, नेता शर्माले भन्नुभयो– काँग्रेसमा संकट आउन कुनै क्षेत्रबाट दिनु हुादैन ।’
गण्डकी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले काँग्रेसलाई बलियो बनाउन बिपीले कोरेको बाटोमा हिड्नु पर्ने बताउनुभयो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरु बरालले काँग्रेस कमजोर भए लोकतन्त्र नै कमजोर हुने भएकाले बिपीले प्रादुभाव गरेको बाटोलाई अगाल्दै अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।
नेपाली काँग्रेसका नेता एवं पूर्व मन्त्री यज्ञबहादुर थापाले काँग्रेसका प्रत्येक कार्यकर्ता जनताको सेवामा गाउँगाउँसम्म पुग्नुपर्नेमा जोड दिनुभयो ।
नेपाली काँग्रेस गण्डकी प्रदेशका उपसभापति कल्पना तिवारीले बिपीको बाटोबाट काँग्रेस अगाडि वढ्न सकेमा जनताको विश्वास जित्न सकिने बताउनुभयो । पूर्वमन्त्री मेखलाल श्रेष्ठले बिपीले कोरेको बाटोलाई अनुशरण गरी काँग्रेस अगाडि वढ्नुको विकल्प नभएको बताउनुभयो ।
नेपाली काँग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछाने, किरणबाबु पन्तले बिपीले सिद्धान्त नै वर्तमान राजनीतिमा आवश्यक देखिएको बताउनुभयो ।
नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले बिपीले देखाएको बाटोलाई अगाल्दै अब हरेक काँग्रेसका नेता तथा कार्यकर्ता उत्पादनसँग जोडिनुपर्नेमा जोड दिनुभयो ।
विपी स्मृति पुस्तकालय गण्डकीका उपाध्यक्ष कुसुमाकर न्यौपाने, कमल सापकोटा, शिव त्रिपाठी, सम्मानित व्यक्तिहरु चन्द्रप्रसाद न्यौपाने, लोकनाथ आचार्य लगायतले आफ्ना भनाई राख्नु भएको थियो ।
बिपी स्मृति पुस्तकालय गण्डकी प्रदेश, पोखराका अध्यक्ष माधवप्रसाद बास्तोलाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली काँग्रेसमा उत्कृष्ट योगदान पु¥याउन गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट एक–एक जनालाई सम्मान गरिएको थियो । उनीहरुलाई २५ हजार नगदसहित दोसल्ला र पमाणपत्रद्धारा सम्मान गरिएको हो ।
सम्मानित हुनेहरुमा गोरखाबाट चन्द्रप्रकाश न्यौपाने, मनाङबाट कोमल घले, लम्जुङबाट पृथ्वीलाल गुरुङ, तनहुँबाट जीवनध्वज गुरुङ, कास्कीबाट नन्दा गुरुङ, नवलपुरबाट दुलारी महतो, स्याङ्जाबाट खगेन्द्रराज रेग्मी, पर्वतबाट लोकनाथ आचार्य, म्याग्दीबाट अजय मिलन श्रेष्ठ, बाग्लुङवाट कुलराज गौतम र मुस्ताङबाट सुर्वण विष्ट रहेको जानकारी दिँदै पुस्तकालयका कोषाध्यक्ष तथा नेपाली काँग्रेस गण्डकीका प्रचार विभाग उपप्रमुख शिरोमणि बरालले आगामी वर्षहरुमा पनि यस्तो सम्मानलाई निरन्तरता दिने बताउनुभयो ।

Advertisment