कांग्रेसको अन्नपुर्णमा पालिका स्तरिय सम्मेलन, सरकारले गठबन्धनको मर्म र भावना अनुसार काम गरेन – केन्द्रिय सदस्य महर

असोज ६, पोखरा । नेपाली कांग्रेसका केन्द्रिय सदस्य नैनसिङ महरले बर्तमान सरकारले गठबन्धनको मर्म र भावना अनुसार काम गर्न नसकेको बताएका छन । सरकारले काम गर्न नसक्दा लाखौं कार्यकर्ताको भावनामा ठेस पुगेको उल्लेख गर्दै उनले भने कांग्रेसका नेता कार्यकर्ताले खबरदारी भने गरिरहनुपर्ने बताए ।

नेपाली कांग्रेस अन्नपुर्ण गाऊंपालिकाको प्रथम सम्मेलनको आज अन्नपुर्णको ढिकुरपोखरीमा उद्दघाटन गर्दै महरले नेपाली कांग्रेसको नेतृत्वको सरकारको पालामा सडक, शिक्षा, स्वास्थ्य, सन्चार, जलबिधुत, कृषि लगायतमा उल्लेख्य काम भएको तर पार्टीका नेता, कार्यकर्ताले जनतामा पुरया्उन ध्यान नदिएको गुनासो गरेका थिए ।
केन्द्रिय सदस्य महरले पार्टीमा गुटको बिश्वास गर्नेहरु पनि रहेको तर त्यसलाई निस्तेज पार्नुपर्ने बताउंदै अब यसको बिरुद्द कार्यकर्ताले सावधान गराउन आग्रह गरे ।

कार्यक्रममा केन्द्रिय सदस्य शारदा पौडेलले कांग्रेसले मात्रै बिकासको मुल फुटाउन सक्ने हुंदा आगामी निर्वाचनमा कांग्रेसलाई विजय गराउनका लागी नेता, कार्यकर्ताले आजैबाट जनताका गुनासाहरु सुन्नुपर्ने बताए ।
कास्की सभापति किशोर दत्त बरालले उत्पादनमा कांग्रेसलाई जोड्नसके जनताले कांग्रेसलाई भरोसा गर्ने बताए ।
गण्डकी प्रदेशका सांसद प्रकाश बरालले जनताको बाहक युवा नै रहेको हुनाले उनको मन, मुटुमा बस्ने योजनाहरु कांग्रेसले अगाडी सारेको र कांग्रेसले मात्रै युवाको भावना समेट्नसक्ने धारणा राखेको थिए ।
कार्यक्रममा महासमिती सदस्य रामचन्द्र त्रिपाठी, आई बहादुर गुरुङ, उदय नेपाली,जिल्ला उपसभापति युवराज कुवंर, क्षेत्रिय सभापति मनोज गुरुङ, जिल्ला उपसभापति राममबाबू भण्डारी, प्रदेश सदस्य एवं महाधिवेशन प्रतिनिधी सिता गुरुङ,गण्डकी प्रदेश सदस्य जीवन बास्तोला, प्रचार बिभाग सदस्य राज बहादुर गुरुङ लगायतले बर्तमान राजनितिक अवस्था बारे आ-आफ्ना धारणा राखेका थिए ।

त्यसैगरि जिल्ला सदस्य बिष्णु अधिकारी, प्राध्यापक यादवराज अधिकारी,डिएलए अध्यक्ष कपिलमणी दाहाल,महिला संघ सभापति मिना पाण्डे,तरुण दलका केन्द्रिय सदस्य पशुपति भट्टराई, नेबिसंघ केन्द्रिय सदस्य बिकास थापा, निर्वाचन प्रदेश २ सभापति जिवनाथ पौडेल, घोषणापत्र मस्यौदा सदस्य शंकर तिवारी, ईकाई सभापति पिताम्बर भण्डारी लगायतले कांग्रेस जनताको पार्टी रहेको हुनाले जनताको पक्षमा भईरहेका कामलाई अझै अगाडी बढाउनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रम सन्चालन सचिव विजय गुरुङ र सचिवको प्रतिवेदन सहसचिव ताईकाजी गुरुङले र कोषाध्यक्षको प्रतिवेदन लोकराज भण्डारीले स्वागत उपसभापति गौमाया नेपालीले र कार्यक्रमको सभापतित्व कांग्रेस अन्नपुर्ण पालिका समिती सभापति मनपति भण्डारीले गरेका थिए ।

Advertisment