माछापुच्छ्रे ९ मा सामाजिक सुरक्षा भत्ता वितरण

पोखरा,२० । मुक्तिनाथ बिकास बैक हेम्जा शाखा र माछापुच्छ्रे गाँउपालिकाको समन्वयमा आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्मन्न भएको छ । माछापुच्छ्रे गाउँपालिका ९ न वडा कार्यलयमा वितरण गरिएको सामाजिक सुरक्षा भत्ता रकम लाभग्राहि २८४ मध्ये १५० जनालाई आज वडा कार्यलयबाट वितरण गरिएको वडाध्यक्ष राजेन्द्र क्षेत्रीले जानकारी दिएका छन । चाडपर्वलाई लक्षित गरि त्रैमासिक अगावै वितरण गरेको रकमले लाभग्राही निकै उत्साहित भएको स्थानियले बताए ।

गाउँ गाउँबाट बस,जिप चढेर हेम्जा पुगेर लाईनमा दिनभरि बसि,कहिले चेक बिर्सने,कहिले सामाजिक सुरक्षा लाभग्राहि परिचयपत्र विर्सने समस्या,कहिले दिनभरि लाईनमा बस्दा पनि बैक बन्द हुने समयले सताएको बेलामा बैक र माछापुच्छ्रे गाउँपालिकाको यो सहयोगले ग्रामीण भेगका हुदा खाने वर्गहरुका लागि अतिनै ढाडस भएको एक लाभग्राहिले सुनाए । सरकारले प्रत्येक ३/३ महिना पूरा भए पछि चौथो महिनाको पहिलो हप्ता भित्र लाभग्राहिले पाउने गरि बैकले वितरण गर्दथ्यो ।

Advertisment