तमु धिं नेपालको महाधिवेशन असोज २७ गते, को बन्लान अध्यक्ष ?

पोखरा, २१ असोज
तमु समुदायको सबैभन्दा पुरानो सामाजिक संस्था तमु धिं नेपालको ३९ औं वार्षिक साधारणसभा तथा १६ औं महाधिवेशन असोज २७ गते पोखरामा हुने भएको छ। महाधिवेशनले आगामी तीन वर्षका लागि नेतृत्व चयन गर्नेछ।
विक्रम सम्वत २०४२ साल जेठ ५ गते कर्म तमुको अध्यक्षतामा स्थापित तमु धिं परिवार तमु धिं कास्की हुदै तमु धिं नेपालम बनेको हो। पञ्चायतकालमा संघ संस्था खोल्न बन्देज भएको अवस्थामा तमु समुदायको सामुदायिकता र एकताका लागि स्थापित संस्थामा आफ्नो जीवनको ३६ वर्षमा तमु धिं मार्फत तमु समुदायका लागि सेवा प्रदान गर्नुभएकी संस्थापक अध्यक्ष कर्म तमु पश्चात दोश्रो अध्यक्ष बनेका हुमबहादुर तमुको नेतृत्वमा तीन वर्ष सम्पन्न पश्चात असोज २७ गते महाधिवेशन हुन गइरहेको हो।
साधारणसभा तथा महाधिवेशनको तयारीसँगै अबको नेतृत्व कस्को भन्ने चर्चा समेत चल्न थालेको छ। तथापि अध्यक्ष हुमबहादुर तमुले तमु धिं नेपालको नेतृत्व सर्वसम्मत हुने बताउनुभएको छ। हाम्रो कार्यसमिति पश्चात पदाधिकारी बिच आवाश्यक छलफलको क्रम छ, अवश्य पनि सर्वसम्मत नेतृत्व चयन हुने उहाँको विश्वास छ। सामुहिकता र एकताको विश्वासमा अघि बढिरहेको संस्थामा सर्वसम्मति हुने गरी उहाँको भनाई छ।
महाधिवेशन सम्पन्न गर्न तमु धिं नेपालका संस्थापक उपाध्यक्ष शंकर गुरुङको संयोजकत्वमा पुर्व महासचिव एवम् सल्लाहकार रुद्रकुमारी मैना र आजीवन सदस्य अग्रज पत्रकार राजबहादुर गुरुङ सदस्य रहेको निर्वाचन समिति बनाइएको अध्यक्ष तमुले जानकारी दिनुभयो।
तमु धिं नेपालको विधान अनुसार ९ सदस्यीय पदाधिकारी निर्वाचित एवम कार्यसमिति सदस्यहरु जिल्ला एवम क्षेत्रिय समाजहरुको सिफारिसमा भेक, क्षेत्र, लैंगिक, विधा लगायत अनुसार मनोनयन गर्ने व्यवस्था छ।

Advertisment