कार्तिक ७, काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले ९१ बर्षिया भाऊजु विष्णुमाया पौडेलबाट दसैँको टीका, जमरा, प्रसाद र आशीर्वाद ग्रहण गरेका छन् । भाउजूसँगै गुरु–पुरोहितबाट पनि राष्ट्रपति पौडेलले दसैँको टिका, जमरा, प्रसाद ग्रहण गरे ।

 

शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज राष्ट्रपति पौडेलले दसैँको शुभसाइत ११ बजेर २ मिनेटमा टीका प्रसाद ग्रहण गरेका हुन् । आफूले टीका ग्रहण गरेपछि राष्ट्रपति पौडेलले परिवारका सदस्यलाई पनि टीका लगाइदिएका छन्।

विशिष्ट व्यक्तित्व र सर्वसाधारणलाई पनि टीका

विजयादशमीका अवसरमा आज राष्ट्रपति पौडेलले अति विशिष्ट व्यक्तित्वहरूलाई दिउँसो २ बजेदेखि ३ बजेसम्म र सर्वसाधारणका लागि ३ बजेदेखि ५ बजेसम्म टीका प्रसाद प्रदान गरेका थिए ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी प्रेस विज्ञप्तिमा विजयादशमीको दिन शीतलनिवास राष्ट्रपति कार्यालय सम्माननीयहरू, उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, प्रदेश प्रमुखहरू, न्यायाधीशहरू, सांसद, संवैधानिक निकायमा प्रमुख एवं विशिष्ट व्यक्तित्वहरूलाई २ बजेदेखि ३ बजेसम्म टीका प्रसाद ग्रहण गर्ने र सर्वसाधारणका लागि ३ देखि ५ बजेसम्म टीका प्रसाद गर्ने कार्यक्रम तय गरिएको थियो ।

अतिविशिष्ट, विशिष्ट तथा सर्वसाधारणका लागि टीका प्रसाद ग्रहण गर्न आउँदा मर्यादित पोसाकमा १ नम्बर प्रवेशद्वारबाट प्रबेश गरेका थिए ।

Advertisment