चिनियां जहाज पोखरामा, राहात सामाग्री हस्तान्तरण

कार्तिक २२,पोखरा । जाजरकोट र रुकुमका भूकम्प पिडितहरुका लागी राहत बोकेर आएको चिनियां जनमुक्ति सेनाको जहाज पोखरा बिमानस्थलमा अवतरण भएको छ ।

चीनको छेङ्दुबाट आएको जहाज बिहान ९:१७ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

भुकम्प पिडितका लागी आएको सामग्री आजै नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई चिनिया राजदुतले हस्तान्तरण गर्नुभएको छ ।

Advertisment