सुब्बा नाथु प्रल्हाद प्रतिष्ठानमा रक्तदान कार्यक्रम सम्पन्न

पोखरा, ७ पौष

पोखरामा रक्त अभाव भइरहेको बेला सुब्बा नाथु प्रल्हाद प्रतिष्ठानले शनिवार पोखरामा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ४८ जनाले रक्तदान गरेकाछन्।

पोखरा चिप्लेढुंगा मानवअधिकारचोकमा आयोजित कार्यक्रमका प्रमुख अतिथि तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले रक्तदान गर्नुहुदै कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।

प्रमुख अतिथि गृुरुङले तमुहरुको महान पर्व, नयाँबर्ष तमु ल्होछार आगमनको अवसरमा पहिलो पटक सुब्बा नाथु प्रल्हाद प्रतिष्ठानले आयोजना गरेको कार्र्यक्रम अत्यन्तै सफल भएको र आगामी वर्षदेखि निरन्तरता दिन अनुरोध गर्नुभयो। उहाँले नेपालका लागि वीरगति प्राप्त गर्नुभएका पुर्खाहरुको स्मृतिमा स्थापित संस्थाद्धारा आयोजित कार्यक्रममा रक्तदान गरी मानविय सेवा पुर्याउनुभएका सबैलाई धन्यवाद दिनुभएको थियो।

प्रतिष्ठानका अध्यक्ष अनरेरी क्यापटेन धर्मध्वज गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नाथु प्रल्हाद रिभानचौर ङेह«ो पैगीलामा परिवारका अध्यक्ष क्याप्टेन डम्बरबहादुर गुरुङले स्वागत र प्रतिष्ठानकी सचिव हरिमाया गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो।

कार्यक्रमका लागि नेपाल रेडक्रस सोसाइटी कास्की रक्त सञ्चार सेवा केन्द्रको प्राविधीक सहयोग र कार्यक्रम सम्पन्न गर्नका लागि विभिन्न सहयोगीहरुले आर्थिक सहयोग गरिएको थियो।

Advertisment