निष्पक्ष मा.विको ६२ औं बार्पिकोत्सव, अभिभावक दिवसको गाउँपालिकाका अध्यक्ष मिन बहादुर गुरुङद्दारा उद्दघाटन

पौष ९,हेमजा । कास्की माछापुच्छ्रे गाउँपालिका–५,रिभानमा रहेको निष्पक्ष मा.विले विविध कार्यक्रमका बीच ६२ औं बार्पिकोत्सव,अभिभावक दिवस, पुरस्कार वितरण तथा नवनिर्मित भवन समुद्घाटन समारोह सोमवार सम्पन्न भएको छ ।

कार्यक्रममा विद्मार्थी,अभिभावक, शिक्षक शिक्षिका ,विद्मालय व्यवस्थापन समिति पदाधिकारी एवं सदस्य ,पुर्व विद्मार्थी , जनप्रतिनिधिहरु साथै,विद्मालय स्थापनाका लागि योगदान दिने व्यक्तित्व,चन्दादता,अक्षयकोष तथा पुरस्कार स्थापना गर्ने व्यक्तित्व,संध संस्था तथा सरोकारवालाहरु को सहभागिता रहेको थियो ।

विद्मार्थीको प्रतिभा प्रस्फुटन, नेतृत्व तथा व्यक्तित्व विकासका लागि विद्मालयले विभिन्न समयमा आयोजना गरेका प्रतियोगितामा विजय विद्मार्थीलाई पुरस्कृत तथा सम्मान गरिएको थियो । साथै विद्मालय सहयोगार्थ विभिन्न व्यक्ति तथा संस्थाहरुबाट स्थापति पुरस्कार तथा छात्रवृति प्रदान गरिएको थियो ।

कार्यक्रमको उद्धघाटना गर्दै माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिन बहादुर गुरुङले विद्मालयको अतिरिक्त क्रियाकलाप देखि शिक्षण सिकाइमा ल्याएको परिवर्तनले निष्पक्ष मा.वि पालिकाका सामुदायिक विद्मालयको नमुन विद्मालयको तालिकामा दोस्रो स्थानमा रहेकोे बताउनु भयो । सामुदायिक विद्मालयलाई पालिकाले प्राथामिक्तामा राखेको समेत उल्लेख गर्नुभयो ।

विद्मालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्मालयका प्रधानाध्यापक दुर्गा बहादुर रावतले गुणस्तरिय शिक्षाका लागि विद्मालको प्रयासमा हौसला दिने र सहयोगि हातहरु सम्पुर्णमा धन्यवाद व्यक्त गर्नुभयो । विद्मार्थीको शैक्षिक तथा अतिरिक्त क्रियाकलावका लागि विद्मालय परिवार जागरुकका साथ अहोरात्र लागिरहेकोे बताउनु भयो ।

पोखरा विस्वविद्मालयका डाईरेक्टर डा.ओम प्रकाश गिरीले व्यवहारिक शिक्षा आजको आवस्यकता, विकासको स्रोत नै गुणस्रीय एवं व्यावहारिक शिक्षा भन्नेमा जोड दिनुभयो ।
सामाजिक विकास समिति संयोजक एवं ९ न.का वडा अध्यक्ष हरि ब.क्षेत्रीले शिक्षा क्षेत्रको विकासमा गाउँपालि सधै संगै रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल राष्ट्रि अभिभावक संध कास्कीका अध्यक्ष गोपाल गिरीले देशको राजनितिक, आर्थिक लगायतका विभिन्न परिस्थितिका कारण विदेश पलायन हुने युवा को लर्को छ जस्लाई राज्य स्तरबाटनै स्वदेशमै शैक्षिक करिअरमा आकर्षित गरि न्यूनिकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका विच नेपाल सरकार राष्ट्रिय पुननिमार्ण प्रधिकरण केन्द्रिय आयोनना कायोन्वयन इकाई (शिक्षा ),जिल्ला आयोजना कार्योन्वयन इकाई (शिक्षा) कास्कीको प्राविधिक एवं आर्थिक सहयोगमा करिव रु १ करोड ३८ लाखको लागतमा निर्मित आठकोठे विद्मालय भवनको पालिका अध्यक्ष मिन.ब गुरुङ द्धारा उद्धघाटन गरियो ।

वि.व्य.स का अध्यक्ष भरतराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रको स्वागत शिक्षक जित व.क्षेत्रीले र सञ्चालन विद्मालय स.प्र सोमनाथ लामिछानेले गर्नु भएको हो ।

Advertisment