प्रेस युनियन गण्डकीको स्थापना दिवस !

पौष १९, पोखरा । नेपाल प्रेस युनियन गण्डकी प्रदेशले पहिलो स्थापना दिवस पोखरामा मनाएको छ । पोखरामा रहेका अग्रज तथा सहकर्मी पत्रकारहरुका माझ प्रदेश अध्यक्ष टंकराज अधिकारीले प्रेसलाई कुण्ठित गर्ने मनसायका साथ अहिले पनि स्वतन्त्र प्रेस माथि आक्रमणका घटना घटिरहेको हुंदा यस तर्फ चनाखो हुन आग्रह गर्नुभएको छ ।

अध्यक्ष अधिकारीले प्रजातन्त्रबादी पत्रकारहरुले पेशागत सुरक्षा, ट्रेड युनियन अधिकार, र स्वतन्त्र प्रेसका लागी कसैसंग सम्झौता हुन नसक्ने जिकिर समेत सो अवसरमा ब्यक्त गर्नुभएको थियो ।

युनियनको गत बर्ष आजकै दिन प्रदेश अधिवेशन सर्वसम्मतरुपमा सम्पन्न भएको थियो । त्यसैदिनलाई प्रदेश समितीले स्थापना दिवसको रुपमा मनाएको हो ।

Advertisment