नेक्ससले २०० जना क्रिकेटर लाई २० दिने निशुल्क क्याम्प गर्ने तयारी

१८ फागुन, काठमाडौं ।
काठमाडौंको पेप्सीकोलामा रहेको नेक्सस क्रिकेट एकेडेमीले यस बर्ष SEE दिने २०० जना क्रिकेट खेलाडीहरू लाई २० दिने निशुल्क क्रिकेट क्याम्प आयोजना गर्ने भएको छ । ग्रासरूट क्रिकेट बिकासमा कोसेढुड्गा साबित SEE क्याम्प लाई निरन्तरता दिदै नेक्ससले SEE क्याम्पको पांचौ संस्करण २०८० चैत्र २८ गते देखि २०८१ बैशाख १८ गते सम्म मुलपानी क्रिकेट रंगशाला र एकेडेमीको प्राङ्गणमा हुने एकेडेमीले जनाएको छ । उक्त क्याम्पमा सहभागी हुन खेलाडीहरूले अनलाइन फारम भर्नु पर्ने भएकोछ । फारम भर्ने पहिलाे २०० जना लाई क्याम्पमा सहभागी गराईने बताईएकाे छ ।
उक्त क्याम्प मा सहभागी खेलाडी लाई पाकिस्तान काे पहिलाे श्रेणी का खेलाडी रहिसकेका पाकिस्तान क्रिकेट बाेर्डबाट लेभल १ गरेका प्रशिक्षक ईम्तिहाज हुसेन र बरिस्ठ नेपाली प्रशिक्षक हरूले ट्रेनिङ दिने बताउदै हरेक खेलाडी लाई १० खेल खेल्ने अबसर प्रदान गर्ने कुरा नेक्सस का अध्यक्ष भरत कुमार शाहीले जानकारी गराउनु भयो । SEE क्याम्प क्रिकेटका नव प्रतिभा हरूको खोजी गरि नेपाली क्रिकेट लाई अब्बल खेलाडी सुम्पिने महत्त्वपूर्ण अभियान रहेकाे बताउदै शाहीले SEE क्याम्प बाटै नेपालकाे अन्डर नाईनटिन टिमका महत्त्वपूर्ण खेलाडी उत्तम थापा मगर र अन्डर सिक्सटिनका अशाेक धामी लगायतका दर्जन खेलाडी जन्मिएकाे स्मरण गराउनु भयाे ।
पुर्ण निशुल्क संचालन हुने SEE क्याम्प लाई सफलपार्न सहयोग का लागि सराेकार वाला सबैमा नेक्सस क्रिकेट एकेडेमीले अपिल समेत गरेकाे छ ।

Advertisment