क्षत्री समाज कास्कीको अधिवेशन, अध्यक्षमा दिल बहादुर

२० फागुन, पोखरा । क्षत्री समाज नेपाल कास्कीको २७ औ बार्षिक साधारण सभा एंव ५ औ अधिवेशन सम्पन्न भएको छ ।

सो अधिवेशनले दिल बहादुर अधिकारीको अध्यक्षतामा ३१ सदस्य जिल्ला कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा दान बहादुर बस्नेत , महिला उपाध्यक्ष अर्चना बस्नेत , सचिव भरत बहादुर थापा , कोषाध्यक्ष सन्दिप थापा, सह सचिव रेनु थापा जि.सि लगायत २४ जना सदस्यहरुको निर्विरोध चयन भएको निर्वाचन संयोजक हिमाल खड्काले बताए । सो कार्यक्रमको शुभारम्भ गदै समाजका केन्द्रीय अध्यक्ष प्रा.डा दिल बहादुर क्षत्रीले राष्टिय एकता र जातीय सदभाव का लागी समाज सकृय रहने बताए ।

समाजको विधान उद्देश्य अनुरुप केन्द्रीय समिति को निर्णय अनुसार फागुन मसान्त सम्म देशभरका जिल्ला समिति , प्रदेश समितिहरु अधिवेशन र २०८० चैत्र अन्तिम हप्ता केन्द्रीय माहधिवेशन गरीन लागीएको महासचिव केश बहादुर के.सी ले बताए ।

समाजका अध्यक्ष पदम बहादुर कार्की को सभापत्तित्वमा भएको कार्यक्रममा अन्नपुर्ण गाउ पालिका अध्यक्ष विष्णु बहादुर के.सी , समाजका केन्द्रीय उपाध्यक्ष कृष्ण बहादुर थापा , कोषाध्यक्ष रिव बहादुर थापा , गण्डकी प्रदेश अध्यक्ष वेनी बहादुर बस्नेत , सचिव लक्ष्मी अधिकारी , युवा समाजका अध्यक्ष दिपक गोदार , महिला समाजका अध्यक्ष गोमा रायमाझिले समाजको विविध गतिविधिमा आ आफ्नो धाराणा राखेका थिए । त्यस्तै महानगर समितिको अधिवेशनले कृष्ण बहादुर थापाको अध्यक्षतामा २४ सदस्य कार्यसमिति चयन गरेको छ ।

सो समितिको उपाध्यक्षमा रेनु भण्डारी थापा उपाध्यक्ष सिता जि.सी , सचिव मोहन बहादुर थापा , कोषाध्यक्ष सृजना के.सी , सह सचिव राजन कार्की रहेका छन् । २०५३ मा स्थापीत समाज पोखरामा केन्द्रीय कार्यलय रही संचालनमा रहेको छ ।

Advertisment