नेपाल सांस्कृतिक महासंघ महाधिवेशन हुने, देशब्यापी सांस्कृतिक अभियान तयारी !

चितवन ।
नेपाल सांस्कृतिक महासंघले भदौभित्र महाधिवेशन गर्ने भएको छ । भदौ मसान्त भित्र प्रदेश स्तरीय अधिवेशन गरेर केन्द्रीय अधिवेशन गर्ने तयारी गरेको छ । चितवनमा बसेको केन्द्रीय समितिको बैठकले ६ बुदे निर्णय गरेको छ । बैठकले महाधिवेशनको सन्दर्भमा विभिन्न निर्णय गरेको छ । नयाँ विधान अनुसार अहिलेसमम भएका पालिका र जिल्ला अधिवेशनलाई पनि अनुमोदन गरेको छ । तेस्रो अधिवेशन सम्पन्न गराउन महासंघको विधान भाग ५ अनुसार २५ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरिएको ।
फागुनको १र २२ गते नेपाली काँग्रेस चितवनको पार्टी कार्यालयमा बैठक बसेको थियो । बैठकले महासंघको संगठन सुदृढिकरण अभियानका लागी मेची–महाकाली लोकतान्त्रिक एकल सांगीतिक कार्यक्रम गर्ने भएको छ । यसका लागी विमलराज क्षेत्रीलाई जिम्मेवारी दिने निर्णय गरेको केन्द्रीय अध्यक्ष तीर्थबहादुर थापाले बताए ।
महांघलाई चलाएमान बनाउनका लागी पाँच सदस्यीय विशेष समिति गठन गरेको छ । अर्जुन गिरीको संयोजकत्वमा अनुशासन समिति , गंगाबहादुर पाण्डेको संयोजकत्वमा न्यायिक समिति , प्रभातमणी आझोको संयोजकत्वमा आर्थिक समिति , विपिन किरणको सयोजकत्वमा कार्यक्रम संयोजन समिति , , विभिन्न विधागत संघसंस्था समन्वय समितिको संयोजकमा शर्मिला बोहोरा रहेको समिति गठन गरेको हो । त्यस्तै सामाजिक संजाल मार्फ महासंघको नेतृत्व एवं सदस्यका विषयमा चरित्र हत्या गर्ने , लाञ्छना लगाउनेलाई कारवाहीका लागी अनुशासन समिितमा सिफारिस गर्ने निर्णय भएको अनुशासन समितिका संयोजक अर्जुन गिरीले बताए ।
महासंघले विभिन्न विधा मार्फत काँग्रेसको नीति , उदेश्य र उपलब्धीका वारेमा अभियान मार्फत देशभरी संचालन गर्ने निर्णय भएको समेत गिरीले बताए । महासंघको विधान संसोधन तथा परिमार्जन गर्नका लागी कष्णगोपाल केसीको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको छ ।।

Advertisment