दीपक मनाङे गण्डकीको भौतिकमन्त्रीमा नियुक्त

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । वहांलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ खुवाउनुभएको हो ।

सोमबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री नियुक्त गर्नुभएको थियो ।

केन्द्रमा गठबन्धन टुटेसंगै प्रदेशमा पनि समिकरण बदलिएको छ । मुख्यमन्त्री पाण्डेले यस अघि भौतिक मन्त्रालयको जिम्मेवारी लिएका माओबादीका जग्जालीलाई बर्खास्त गर्नुभएको थियो ।

प्रदेशमा कांग्रेस २७, एमाले २२, माओबादी ८, राप्रपा २ र स्वतन्त्र सांसद १ गरि ६० सदस्य रहेतापनि बर्तमान पाण्डे सरकारलाई कांग्रेस, राप्रपा र स्वतन्त्र सांसद राजीब गुरुङले समर्थन गर्ने भएको छ ।

Advertisment