प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता

चैत १७,

काठमाडौं  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन दलका शीर्ष नेताहरु बीच भेटवार्ता जारी छ । प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा जारी भेटवार्तामा शान्ति प्रक्रिया र संवैधानिक परिषद्को बिषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा शान्ति प्रक्रियासँग सम्बन्धित टीआरसि विधेयक, भोलि बस्ने भनिएको संवैधानिक परिषद्को बैठक, संसदमा कांग्रेसले गरिरहेको अवरोधलगायत समसामयिक बिषयमा पनि हुने जनाइएको छ ।

प्रधानमन्त्री प्रचण्डले संवैधानिक परिषद्को बैठकको अघिल्लो दिन प्रमुख सत्तासाझेदार दलका अध्यक्ष सहित प्रमुख प्रतिपक्षी दलका नेताको बैठक बोलाउनुलाई महत्वका साथ हेरिएको छ । भोलि विहान संवैधानिक परिषदको बैठक बस्दै छ ।

Advertisment