कुश्मामा काँग्रेस गण्डकीको प्रशिक्षण एवम् बैठक सम्पन्न

पोखरा, १८ जेठ । नेपाली काँग्रेस गण्डकी प्रदेश प्रशिक्षण विभागले बिहीबार पर्वतको कुश्मामा प्रशिक्षण सम्पन्न गरेको छ ।
प्रशिक्षणको नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्ररा शर्माले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा सभापति शर्माले राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई मुख्य आदर्शका रुपमा लिएर स्थापित काँग्रेसले आफ्नो ऐतिहासिक विरासदलाई जोगाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । जनताले प्रजातन्त्रको अनुभूति गर्ने वातावरण नपाएको जस्ता गुनासो बढीरहेको उल्लेख गर्दै उहाँले लामो समयको संघर्षले स्थापित गरेको परिवर्तनलाई आम जनताले अनुभूति गर्ने गरी संस्थागत गर्नुपर्नेमा जोड दिनुभयो । अर्कालाई खराब देखाएर आँफू असल बन्न खोज्ने प्रबृतिले कोही कसैलाई राम्रो नगर्ने बताउँदै उहाँले प्रेम र सद्भाव बाँड्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले पार्टीलाई एकतावद्ध रुपमा अघि बढाउनु बर्तमानको आवश्यकता भएको बताउनुभयो । समय सापेक्ष रुपमा पार्टीलाई बलियो बनाउँदै लैजानका लागि प्रशिक्षण आवश्यक भएको उहाँले बताउनुभयो ।
नेपाली काँग्रेस गण्डकी प्रदेश प्रशिक्षण विभाग प्रमुख एवम् नेपाली काँगेस गण्डकी प्रदेश उपसभापति कल्पना तिवारीले पार्टी संगठनलाई सबल बनाउनका लागि प्रशिक्षण आवश्यक भएको बताउँदै त्यसैलाई लक्षित गरी प्रशिक्षण आयोजना गरिएको बताउनुभयो ।
नेपाली काँग्रेस गण्डकी प्रदेशका महामन्त्री किरणबाबु श्रेष्ठले नेपाली काँग्रेसको विधान र नियमावली बारे जानकारी गराउनुभएको थियो ।
अर्का महामन्त्री विष्णुप्रसाद लामिछानेले संगठन र नेतृत्व बारे कार्यकर्तालाई प्रशिक्ष्ण दिनुभएको थियो ।
कार्यक्रममा गण्डकी प्रदेश नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा. रघुराज वाग्लेले प्रजातान्त्रिक समाजवाद र नेपाली काँग्रेसको अर्थनीति सम्बन्धमा प्रशिक्षण दिनुभएको थियो ।
उक्त अवसरमा प्रशिक्षण विभागका उपाध्यक्ष प्रा.डा.कुसुमाकर न्यौपानेले राष्ट्रको समुन्नतिको आधारः नेपाली काँग्रेसको राष्ट्रियता, प्रजातन्त्र ,समाजबाद हो ।युबा जनसक्ति लाई टिकाउने सिकाउने र बिकाउने बनाउनु पर्छ ।
सचिव कमलराज सापकोटाले प्रजातन्त्रः सैद्धान्तिक अवधारणा र बर्तमान सन्दर्भ विषयमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा कार्यक्रम संयोजक एवम् नेपाली काँग्रेस गण्डकी प्रदेश सहमहामन्त्री रामचन्द्र जोशी, नेपाली काँग्रेस गण्डकी प्रदेश उपसभापति मेखलाल श्रेष्ठ, पर्वत जिल्लाका सभापति युबराज जोशी, बाग्लुङ जिल्लाका पूर्व पार्टी सभापति हरिप्रसाद श्रीस लगायतले बोलेका थिय। प्रशिक्षण लगत्तै बसेको नेपाली काँग्रेस गण्डकी प्रदेश समितिको बैठकले नब निर्मित निर्माण समिति लाई अनुमोदन गर्नुका साथै पार्टीको प्रदेशको निर्माणाधिन भवनको निर्माणकार्यलाई अघि बढाउने निर्णय गरेको प्रचारप्रसार विभाग उपपप्रमुख शिरोमणि बरालले जानकारी दिय।
प्रशिक्षणमा पार्टीका प्रदेश, जिल्ला तथा विभिन्न तह र तप्कामा कृयाशिल नेता तथा अगुवा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको उहाँले बताउनुभयो ।

Advertisment