पोखरा । पोखरा ९ शान्तिवनमा रहेको पोखरा बहुमुखी क्याम्पसमा विश्व वातावरण दिवसको अवसर पारेर वृक्षरोपण सहित सचेतना ¥याली आयोजना गरिएको छ ।
क्याम्पसमा रहेको विद्यार्थीहरुको संगठन नेचर क्लवले २० भन्दा बढी प्रजातिका विरुवाहरु संकलन गरि क्याम्पस हाताभित्र बृक्षरोपण कार्यक्रम आयोजना गरेको थियो । क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष नरेन्द्रमान लालचनले विरुवा रोपी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । उक्त विरुवाका लागि वन डिभिजन कार्यालय कास्कीले सहयोग गरेको क्लवका अध्यक्ष गणेश रामदामले जानकारी दिनुभयो ।
बृक्षारोपण पूर्व क्याम्पसबाट सचेतना ¥याली निकालिएको थियो । क्याम्पसबाट निकालिएको ¥याली पोखराका नयाँबजार, पृथ्वीचोक हुदै पुन क्याम्पसमा पुगी समापन गरिएको छ । पोखरा ९ का जनप्रतिनिधि, स्थानिय अभिभावकहरु, क्याम्पस ब्यवस्थापन समितिका पदाधिकारी, क्याम्पसका प्राध्यापकहरु, पूर्व विद्यार्थी मञ्चका पदाधिकारी र क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको सहभागीता रहेको ¥यालीमा सहभागिहरुले ‘हाम्रो भूमि हाम्रो भविष्य’, ‘फोहोरमैला व्यवस्थापन गरी वातावरण सफा राखौं’, ‘भुमिको संरक्षण गरौ’, ‘रुख विरुवा रोपौं, स्वच्छ र हरियाली वातावरण बनाऔं लगायतका पम्पेल सहित सहभागि भएका थिए ।
नेपालमा बढ्दै गइरहेको वातावरण प्रदुषण, जलवायु परिवर्तन जस्ता असरहरु मानविय कृयाकलापका कारण भएकोले यसप्रति आम मानिसहरुको ध्यान आकर्षण गर्न ¥याली गरिएको क्याम्पस प्रमुख शिशुकला पराजुलीले जानकारी दिनुभयो । कार्यक्रममा आईक्यूएसी प्रमुख तथा पूर्व सहयक क्याम्पस प्रमुख महेन्द्र रिमाल, बिद्यार्थी कल्याणकारी संघका अध्यक्ष सलिना थापा लगाएतले वातावरण सरसफाई र बृक्षारोपणको महत्वको वारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रम ब्यवस्थापनमा क्याम्पसमा रहेको अतिरिक्त क्रियाकलाप समिति संयोजक दिपक घिमिरेले समन्वय गर्नुभएको थियो ।
वातावरण दिवसमा पोखरा बहुमुखीको बिविध कार्यक्रम
२३ जेष्ठ २०८१, बुधबार
198

Advertisment