पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत प्राप्त गर्नुभएको छ। जस अनुसार नेपाली काङ्ग्रेसका २७, राप्रपाका २, नेसपाका फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद दीपक मनाङे (राजिव गुरुङ) गरि ३१ मत प्राप्त गर्नुभएको छ ।
हाल गण्डकी प्रदेश सभामा ६० सदस्य रहेको छ । नेकपा एमालेको २२ सांसद र माओबादी केन्द्रको ८ सांसद रहेको छ । आजै मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद बिस्तार गर्न सक्ने स्रोतले जानकारी दिएको छ ।