पोखरा । नेपाल कम्युनिष्ट पार्टी एकृकित माक्सबाद लेनिनबाद (एमाले) को अन्नपूर्ण गाउँपालिकाको दोस्रो अधिवेशनले वडा नम्बर-२ का निवर्तमान अध्यक्ष चुडामणी अधिकारीलाई अध्यक्षमा निर्वाचित गरेको छ । अधिकारी ६८ मत सहित विजयी हुनुभएको हो । वहांको प्रतिस्पर्धी वडा नम्बर ३ का निवर्तमान वडाध्यक्ष चन्द्र बहादुर गुरूङले ६२ मत प्राप्त गर्नुभएको थियो ।
यसैगरि उपाध्यक्षमा एकदेव देवकोटा बिजयी हुनुभएको छ । देवकोटाको ७८ मत आउँदा सञ्जय पौडेलले ५३ मत प्राप्त गर्गनुभएको छ । सचिवमा भने अन्नपूर्ण ११ का मिकास गुरुङ निर्विरोध हुनुभएको छ ।
उपसचिवतर्फ समावेशीमा पुष्पा पुनले ८१ ल्याउदा खिमा भण्डारीले ४८ तथा खुलातर्फ हेमराज अधिकारीले ६६ र रामप्रसाद ढुंगानाले ६२ मत प्राप्त गरी पुन र अधिकारी विजयी हुनुभएको छ ।
त्यस्तै दलित, उत्पीड़ित महिला खुला पदमा पबित्रा सुनार बिजयी हुनुभएको छ । लेखा कमिटी अध्यक्ष शिबहरी सुबेदी ८५ मत प्राप्त गरी निर्वाचित हुनुभएको र प्रतिस्पर्धी चिरन्जीवी पौडेलले ४० प्राप्त गर्नुभएको थियो । खुल्ला ४ सदस्य सहित भूगोलका ९ वडा तर्फका ३३ सदस्य तथा युवातर्फका ७ जना सदस्य यस अघि नै निर्विरोध निर्वाचित भएका थिए ।
दामोदर र बिष्णु केसीको तानातान !
एमाले अन्नपुर्णमा भएको अधिवेशन ३ दिन लागेको छ । बुधबार पार्टी नेता एवं निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले उद्दघाटन गर्नुभएको अधिवेशनमा गुट उपगुट गाउं बाटै निमिट्यान्न पार्नुपर्ने बताउनुभएको थियो । तर अधिकारीको मन्तब्य विपरित दुई गुट खडा भई निर्वाचन भएको थियो । गण्डकी प्रदेश भरि खगराज अधिकारी (KR) र पृथ्वीसुब्बा (PS) गुटको प्रतिस्पर्धा चलिरहेका बेला अन्नपुर्णमा पनि अछुतो रहेन ।
अधिवेशनमा प्रतिनिधीसभाका सांसद दामोदर बैरागी र अन्नपुर्ण गाउंपालिका अध्यक्ष बिष्णु बहादुर केसीले आ-आफ्नो पक्षलाई बिजयी गराउन कस्सिनुभएको थियो । बैरागी KR गुट र केसी PS गुटमा सकृय रहेको मानिन्छ ।
शुक्रबार सम्पन्न मतदानले पार्टीका गण्डकी प्रदेश कमिटी सदस्य एवं अन्नपुर्ण गाउंपालिका अध्यक्ष बिष्णु बहादुर केसीले भने अनुसारकै टिम बिजयी भएको हुनाले कास्कीको माछापुच्छ्रे गाउंपालिका पछि अन्नपुर्णमा पनि पृथ्बीसुब्वा PS गुटकै बर्चश्व भएको एमाले वृत्तमा चर्चा रहेको छ ।
कास्कीको ५ मध्ये ३ पालिका पोखरा महानगर कमिटी, रुपा, मादी पालिका भने यसअघि नै KR समुहले नै बिजयी हासिल गरेको थियो ।