पोखरा । गण्डकी प्रदेशका अर्थ मन्त्री डा.टकराज गुरुङले आर्थिक वर्ष २०८१/८२ को लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको छ ।
शनिबार गण्डकी प्रदेशसभामा अर्थमन्त्री गुरुङले चालु खर्च तर्फ १३ अर्ब १६ करोड ५ लाख ८२ हजार अर्थात कुल विनियोजनको ३९.९१ प्रतिशत र पुँजीगत तर्फ १९ अर्ब ५१ करोड ७९ लाख ९३ हजार अर्थात कुल विनियोजनको ५९.१९ प्रतिशत बजेट पेश गर्नुभएको हो ।
यसको साथै वित्तीय व्यवस्थातर्फ ३ करोड अर्थात कुल विनियोजनको ०.९० प्रतिशत बिनियोजन गरिएको बजेट भाषण मार्फत पेश गर्नुभयो ।
बजेटको पूर्ण पाठ पढ्न/ हेर्न यहाँ क्लिक गर्नुहोस ।
अर्थमन्त्री डा. टकराज गुरुङले आज संसदमा पेश गर्नुभएको बजेट प्रस्तुत गरेको हेर्न/ सुन्न तल क्लिक गर्नुहोस ।https://www.youtube.com/live/cpBvwd3uo00?si=Jfndvu3D3U7JuIPI